जाडोमा सवारी साधानको इन्जिन स्टार्ट किन ढिला हुन्छ, समाधानको उपाय के ? | Khabarhub Khabarhub

जाडोमा सवारी साधानको इन्जिन स्टार्ट किन ढिला हुन्छ, समाधानको उपाय के ?


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जाडो मौसममा अझ विहानीको समयमा सवारी साधनको इन्जिन स्टार्ट ढिलो हुने समस्या प्रायः सवारी चालकले भोग्दै आएको पाइन्छ ।

खासगरी बाहिरै पार्किङ गर्नुपर्ने सवारी साधनमा यस्तो स्टार्ट हुन समय लाग्ने समस्या देखिन्छ ।  इन्जिन, ब्याट्रीका कारण पनि सवारी साधन स्टार्ट नहुन सक्छ ।

मेकानिकल इन्जिनियर निर्मल कार्की भन्छन्– जाडोमा सवारी साधन स्टार्टमा ढिलाइ हुनुको प्रमुख समस्या इन्जिनमा पर्ने तापक्रमको असर नै हो ।

उनले मोबिल जम्नाले, इन्धन लाइनमा पानी जम्नाले, कार्बोरेटर भएका गाडी र ब्याट्री डेड हुने समस्याका कारण सवारी साधनको स्टार्ट ढिला हुने बताए ।

तापक्रममा आउने उतारचढावका कारण ब्याट्रिमा रासायनिक प्रतिक्रिया भई ब्याट्री डेड हुने समस्या देखिनसक्छ । अत्यधिक जाडो भएको अवस्थामा नयाँ ब्याट्रीको पावरसमेत छोटो समयमै कम हुने उनले बताए ।

चिसोमा इन्जिन फ्रिज भएर मात्र नभई अन्य समस्याका कारण पनि स्टार्ट नहुन सक्छ ।

चिसोले इन्जिन स्टार्ट नभएको अवस्थामा बाइकमा रहेको चोक तानेर स्टार्ट गर्न सकिन्छ । इन्जिन स्टार्ट भइसकेपछि पनि २–३ मिनेट न्यूट्रलमा छाड्नुपर्छ जसले इन्जिनलाई सामान्य अवस्थामा फर्काउन सघाउँछ ।

यसका अलावा नियमित सर्भिसिङ गर्ने कुरालाई भने भुल्नु हुँदैन ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ७ : ३६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६