सार्क बडापत्र दिवस मनाइयो | Khabarhub Khabarhub

सार्क बडापत्र दिवस मनाइयो


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) बडापत्र घोषणा भएको दिनको स्मरण गर्दै आज ३६औँ ‘चार्टर डे’ मनाइएको छ ।

सार्कमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य छन् ।

दक्षिण एशियाका राष्ट्र प्रमुख एवं सरकार प्रमुखले सार्क स्थापना गरेको दिनको स्मरण गर्दै उक्त दिवस मनाइँदै आएको छ ।

सन् १९८५ डिसेम्बर ८ मा सार्क चार्टर पारित गरिएकोे थियो । सोही दिनको स्मरणमा आज बडापत्र दिवस मनाइएको काठमाडौँस्थित सार्क सचिवालयले जनाएको छ ।

बडापत्रअनुसार सार्कको प्राथमिक उद्देश्य यस क्षेत्रका जनताको हित र उनीहरुको जीवनस्तर सुधार गर्नु हो ।

इतिहास र संस्कृतिक सम्बन्धमा एकताबद्ध भएका दक्षिण एशियाका आठ देशको साझा मञ्च सार्कले शान्ति, स्थायित्व, एकता र प्रगतिलाई प्रवर्द्धन गर्दै आएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : ५७ बजे

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १

सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

काठमाडौं– धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेछु

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले