दाँतमा आउने समस्याको यसरी गर्नुहोस उपचार | Khabarhub Khabarhub

दाँतमा आउने समस्याको यसरी गर्नुहोस उपचार


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाँतले खाना चपाउने मात्र होइन अनुहारको सुन्दरता सहित ब्यक्तित्वमा समेत महत्व राख्दछ । दाँत सडे, खाल्डो परे घरेलु विधि अपनाएर यस समस्याबाट मुक्त हुन सकिन्छ ।

१. दाँत सम्बन्धि कुनै पनि समस्यामा ल्वाङ प्रभावकारी मानिन्छ । यसले दाँतको दुखाई कम गर्नुका साथै दाँतमा क्याभिटी फैलिन दिदैन । यसकालागी एक चौथाई तिलको तेलमा २/३ थोपा ल्वाङ्गको तेल मिसाएर राती सुत्नु अगाडी दाँतमा लगाएमा दाँतलाई आराम दिलाउँछ ।

२. नुनको प्रयोगले दाँतको दुखाई तथा दाँत सुन्निने समस्या कम गर्दछ । साथै कुनैसंक्रमण तथा मुखमा व्याक्टेरियाको वृद्धि हुनबाट रोक्छ । यसकालागी एक चम्चा नुनलाई तातो पानीमा मिसाएर कुल्ला गर्नुपर्छ ।

३. एन्टी व्याक्टेरियलको साथ एन्टीबायोटिक गुणका कारण लसुनको प्रयोग क्याभिटीमा प्रभावकारी मानिन्छ । लसुनले दाँत टुक्रने तथा क्याभिटीको समस्या कम गर्न मद्दत गर्नुका साथै दाँतको दुखाईबाट समेत राहत दिलाउँछ । यसकालागि ३/४ पोटी लसुनलाई पिसेर एक चौथाई सिधे नुनमा मिसाएर लेप बनाइ संक्रमित दाँतमा लगाएर १० मिनेट राखेमा क्याभिटीको समस्या निकै कम हुन्छ ।

४. जेठी मधुमा रहेको एन्टी व्याक्टेरियल तत्वले दाँतमा क्याभिटीको विकास हुन दिदैन । साथै, दाँतमा काई लाग्न नदिएर दाँतलाई स्वस्थ राख्दछ । जेठी मधुको जरालाई धुलो बनाएर मञ्जनको रुपमा दाँतमा प्रयोग गर्न सकिन्छ । त्यस्तै, मुलेठीको डाढलाई टुथब्रशको रुपमा पनि दाँतमा प्रयोग गरे राम्रो लाभ मिल्दछ ।

५. बेसारले क्याभिटीबाट हुने दाँतको दुखाई कम गर्दछ । बेसारको धुलोलाई प्रभावित दाँतमा लगाएर केही बेर राखेर मनतातो पानीले कुल्ला गरे क्याभिटी हुदैन ।

६. निमको पात पनि क्याभिटी हटाउन र गिजा स्वस्थ तथा मजबुत राख्न सहायता गर्दछ । दाँत तथा गिजामा नीमको रसले मज्जाले दलेर केही समयपछि मनतातो पानीले कुल्ला गरेमा राम्रो लाभ दिन्छ ।

७. अमलामा रहेको एन्टीअक्सिडेन्ट तत्व तथा भिटामिन सीले व्याक्टेरिया तथा रोगको संक्रमणसित लड्न मद्दत गर्छ । अमलाई सिंगै वा आधा गिलास पानीमा आधा चम्चा अमलाको रस मिसाएर पनि यसको सेवन नियमित गरे चाँडै राहत मिल्दछ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ३ : ५० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६