जर्जियामा तेस्रो पटकको मतगणनामा पनि बाइडेन विजयी | Khabarhub Khabarhub

जर्जियामा तेस्रो पटकको मतगणनामा पनि बाइडेन विजयी


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको जर्जिया राज्यमा तेस्रो पटक गरिएको मतगणनामा पनि जो बाइडेन विजयी भएका छन् ।

चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियाले मतगणनाका लागि आग्रहमा जर्जियामा गरिएको तेस्रो पटकको मतगणनामा पनि ट्रम्पको पराजय भएको हो ।

रिपब्लिकनहरुको पकड रहँदै आएको राज्य जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार मतले पछि पारेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरले तेस्रो पटक भएको मतगणनाको नतिजा घोषणा गरेका हुन् ।

ट्रम्पले भने अझै पनि बिना प्रमाण धाँधलीको आरोप लगाउँदै पराजय स्वीकारेका छैनन् ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ ।

बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाउने पक्का भएको छ । बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६औँ राष्ट्रपतिका रुपमा शपथ लिने छन् । अमेरिकामा गएको नोभेम्बर ३ मा चुनाव भएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ७ : ३० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०