शान्ति मिसनमा २१३ जनाको टोली दक्षिणी सुडान प्रस्थान | Khabarhub Khabarhub

शान्ति मिसनमा २१३ जनाको टोली दक्षिणी सुडान प्रस्थान


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनका २१३ जना नेपाली शान्ति सैनिकको डफ्फा आज त्यसतर्फ प्रस्थान गरेको छ ।

त्यहाँ तैनाथ तारादल गणको छैठौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी सुशील प्याकुरेलको नेतृत्वमा गोरखबहादुर गण दक्षिण सुडान गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यहाँ आफनो कार्यजिम्मेवारी पूरा गरी सेनानी दीपक अर्याल नेतृत्वमा रहेको २११ जनाको शान्ति सैनिक टोली सोमबार नेपाल आइपुग्ने कार्यक्रम छ ।

कोभिड–१९ महामारीबीच पनि शान्ति स्थापनालाई निरन्तरता दिने नीतिअनुरुप अदलीबदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पालना गरिएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : २९ बजे

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट