सहकारी संस्थाहरुलाई पुस मसान्तभित्र साधारण सभा गर्न विभागको अनुरोध | Khabarhub Khabarhub

सहकारी संस्थाहरुलाई पुस मसान्तभित्र साधारण सभा गर्न विभागको अनुरोध


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरको सहकारी विभागले आउँदो पुष मसान्तभित्र साधारण सभा सम्पन्न गरी त्यसको १५ दिनभित्र महानगरमा प्रतिवेदन पठाउन सहकारीहरुलाई आग्रह गरेको छ ।

काठमाडौं महानगरलाई कार्य क्षेत्र भएका सहकारीहरुलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै साधारण सभा सम्पन्न गर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो ।

सहकारीहरुले साधारण सभा (कार्यव्यवस्था निर्देशिका २०७६) बमोजिम गणपृुरक संख्या पुर्‍याएर मात्र साधारण सभा गर्नुपर्नेछ ।

यसका आधारभूत आधारका बारेमा जानकारी दिँदै सहञ्चालक समिति र लेखा समितिका प्रतिवेदनहरुमा पर्याप्त छलफल गराउनु पर्छ ।

यसैगरी यस्ता समितिहरुको निर्वाचन गर्नुपर्ने भए प्रचलित कानून, मापदण्ड र विनियमबमोजिम योग्यता पुगेको सदस्यहरुकाबीच निर्वाचन गराउनुपर्छ ।’

सहकारीका सदस्यहरुको भूमिकालाई साधारण सभामा सक्रिय बनाउन र बित्तिय अनुशासनलाई मर्यादित बनाउन हामीले साधारण सभाका लागि आग्रह गरेका हौं ।

विभागका उपनिर्देशक सुमन अधिकारीले भने – हामीले साधारण सभामा पालना गर्नु पर्ने र प्रतिवेदनमा उल्लेख गर्नु पर्ने आधारभूत कुरालाई बुँदा र तालिकामा दिएका छौं । यसले सूचना संकलनमा एकरुपता कायम हुनेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १ : ३० बजे

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन