ट्रम्पका नीति उल्ट्याउँदै बाइडेन | Khabarhub Khabarhub

ट्रम्पका नीति उल्ट्याउँदै बाइडेन


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरु उल्टाउने संकेत दिएका छन् । उनले ट्रम्पका नीतिहरु उल्ट्याउँदै नयाँ कार्यकारी आदेशहरु जारी गर्ने तयारी थालेका छन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उनको जीत भएपछि उनले कार्यकारी आदेशहरू जारी गर्ने तयारी थालेका हुन् । आगामी जनवरी २० मा उनले ह्वाइट हाउसमा राष्ट्रपतिको शपथ ग्रहण गर्नेछन् ।

वासिङ्टन पोस्टको रिपोर्टअनुसार बाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै नयाँ कार्यकारी आदेशहरु जारी गर्ने तयारी थालेका छन् । बाइडेनले राष्ट्रपतिमा निर्वाचित हुने सुनिश्चित भएसँगै कार्यकारी आदेशहरूको तयारी थालेका थिए ।

अमेरिकाबाट प्रकाशित वासिङ्टन पोस्टका अनुसार अमेरिकाले पर्यावरणसम्बन्धी पेरिस सम्झौतामा पुनः फर्किने निणर्ण गर्नेछ । यसअघि बुधबार मात्र ट्रम्पको नीतिअनुसार अमेरिका यो सम्झौताबाट बाहिरिएको थियो ।

साथै विश्व स्वास्थ्य संगठनबाट बाहिरिने ट्रम्पको निर्णय पनि बाइडेनले उल्ट्याउने बताइएको छ । चुनावी अभियानका क्रममा बाइडेनले यी सबै कामहरु पहिलो कार्यालय दिनमै गर्ने बताएका थिए ।

बाइडेनले कैयौं मुस्लिम बाहुल्य देशका आप्रवासीलाई अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्ध पनि हटाउने तयारी थालेको वासिङ्टन पोस्टले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ११ : १६ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न