जुत्तामा लुकाई राखेको एक किलो सुनसहित तीन पक्राउ | Khabarhub Khabarhub

जुत्तामा लुकाई राखेको एक किलो सुनसहित तीन पक्राउ


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ : दाङमा प्रहरीले एक किलो अवैध सुनसहित ३ जनालाई पक्राउ गरेको छ।

बिहीबार बिहान करिब साढे ११ बजेतिर विशेष सूचनाका आधारमा दाङको लमही नगरपालिका-९ अमिलियास्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश ३–०१०२३ च ३२६१ नम्बरको सेतो क्रेटा कार जाँच गर्दा सुन फेला परेको हो।

कारमा सवार सम्मान कुमार श्रेष्ठले दायाँ बायाँ जुत्तामा इमिरेट्स गोल्ड र इस्तानबुल गोल्ड रेफिनरी मेटेर र एसेयर लेखेको ५/५ सय ग्राम सुन फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।

साथै श्रेष्ठको साथबाट २ तोला ३.०६ आनाको सुनको सिक्री र नगद ६० हजार बरामद भएको उनले जानकारी दिए। त्यस्तै गाडी चालक घोराही १५ का सुवास श्रेष्ठ र सोही गाडीमा सवार अर्का अपूर्व थैव श्रेष्ठलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ।

अपूर्व थैव श्रेष्ठको साथबाट एउटा चाँदीको सिक्री र नगद ११ सय २० र चालक श्रेष्ठको साथबाट नगद १२ हजार २५० बरामद भएको प्रवक्ता खड्काले जानकारी दिए।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ११ : ०४ बजे

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय