राप्रपाद्वारा अनसनरत डा केसीको जीवन रक्षाको माग | Khabarhub Khabarhub

राप्रपाद्वारा अनसनरत डा केसीको जीवन रक्षाको माग


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले चिकित्सा क्षेत्रको समग्र सुधारको माग राखी अनसनमा रहेएका डा. गोविन्द केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ ।

पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीबीचको बैठकले डा. केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको हो ।

बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकामा खुशी व्यक्त गर्दै आयोगप्रति धन्यवाद ज्ञापन निर्णय गरेको छ ।

बैठकले जिल्लामा पार्टी समायोजनको समय यही असोज २९ सम्म बढाउने, केन्द्रीय कार्यसमिति विस्तार गर्ने र तीव्र गतिमा सङ्गठन निर्माणमा लाग्ने निर्णय गरेको छ ।

राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित राप्रपालाई अध्यक्षत्रयले आगामी चुनावमा अग्रणी शक्ति बनाउने दृढता व्यक्त गरेको पार्टी केन्द्रीय सचिवालय सदस्य राजाराम बर्ताैलाले जानकारी दिए ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ८ : ०३ बजे

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्