हमालसँग फिल्ममा काम गर्ने वर्षाको चाहना | Khabarhub Khabarhub

हमालसँग फिल्ममा काम गर्ने वर्षाको चाहना


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार राजेश हमालले फिल्म बनाउने चर्चा लामो समयदेखि चल्दै आएको छ । हमालले केही समयअघि मात्र आफूले फिल्म निर्माणको तयारी थालेको बताएका थिए ।

फिल्म क्षेत्रमा उनले बनाउने फिल्मको चर्चा चलेको छ । तयारी भइरहेको यो फिल्ममा हमालको निर्देशन समेत रहनेछ । साथै शीर्ष कलाकारमा पनि उनी स्वयम् हुनेछन् ।

हमालका फ्यानमा उनको फिल्म कस्तो हुनेछ भन्नेमा चासो छ । फिल्मी जगतमा पनि उनले फिल्म बनाउने चर्चा छ ।

हालै हमालले एक लोकगीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । उक्त म्युजिक भिडियोमा हमालसँगै प्रकाश सपूत, वर्षा शिवाकोटी लगायतलाई पनि देख्न सकिन्छ ।

गीतको म्युजिक भिडियोमा हमालसँग स्किृन शेयर गरेकी वर्षाले फिल्ममा पनि हमालसँग काम गर्न चाहेको बताएकी छिन् ।

उनले पत्रकारसँगको कुराकानीमा आफू हमालको फ्यान भएको र आफूले पहिलोपटक ४ वर्षको उमेर हुँदा हमाललाई देखेको बताइन् ।

‘मैले उहाँलाई पहिलोपटक ४ वर्षको उमेरमा भेटेकी थिएँ, उहाँले मसँग हात पनि मिलाउनुभएको थियो, मैले पहिलोपटक प्रत्यक्ष देखेको स्टार पनि उहाँ हो,’ उनले भनिन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ४ : ४७ बजे

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै

काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र