कोरोना जितेका प्रहरीको अनुभव : नआत्तिनुस् कोरोना लाग्दैमा मरिँदैन | Khabarhub Khabarhub

कोरोना जितेका प्रहरीको अनुभव : नआत्तिनुस् कोरोना लाग्दैमा मरिँदैन


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकभर तीव्ररूपमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै जाँदा ड्युटीमा खटिएका प्रहरीमा पनि भुसको आगो जसरी संक्रमण फैलन थालेको छ ।

सडकमा खटिनेदेखि प्रधान कार्यालयमा कार्यरत प्रहरीसम्ममा संक्रमण भइसकेको छ । जवानदेखि प्रहरी नायव महानिरीक्षक (डीआइजी) सम्म कोरोना संक्रमित भएका छन् ।

यो सामाग्री पार्दासम्म नेपाल प्रहरीमा देशभर २ हजार १६१ जनामा कोरोना भाइरस संक्रमण भइसकेको छ । यीमध्ये ९५० जना उपचारपछि निको भएर फर्किसकेका छन् ।

संक्रमणबाट नआत्तिन कोरोना जितेका प्रहरीको सुझाव

भनिरहनु पर्दैन कोरोना भाइरसको महामारीले भयावह रूप लिएको खबर सार्वजनिक हुन थालेसँगै अहिले आम मानिस त्रासमा छन् । सर्वसाधारणमा त्रास फैलिरहँदा कोरोना जितेकाहरूले कोरोनासँग डराउनु पर्ने अवस्था नहरेको र मनोबल उच्च पार्दा सहजै जित्न सकिने अनुभव सुनाउँछन् ।

महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत छन्, प्रहरी निरीक्षक (इन्स्पेक्टर) गम्भीरजङ्ग थापा । गत चैत ११ गते मुलुकमा लकडाउन सुरु भएसँगै अहोरात्र ड्यूटीमा खटिएका उनमा असार २६ गते कोरोना पोजेटिभ देखियो ।

उनीसँगै कार्यरत एक प्रहरी सहायक निरीक्षकमा संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङका आधारमा परीक्षण हुँदा उनमा पनि पोजेटिभ देखिएको थियो ।

कोरोना पाजेटिभ देखिएकै दिन उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना गरेर त्यहीँ उपचारको चाँजोपाँझो मिलाइयो ।

प्रहरी निरीक्षक थापा खबरहबसँग भन्छन्, ‘मलाई असार २६ गते कोरोना भाइरस संक्रमण भयो । मसँगै कार्यरत एक प्रहरी सहायक निरीक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि हामी पनि कन्ट्याक ट्रेसिङमा पर्‍यौँ । म पनि संक्रमित भएको रहेछु ।’

संक्रमणको खबर पाउँदा थापा फिल्डकै ड्युटीमा थिए । आत्महत्याको एउटा केशमा मुचल्का गर्न पुगेका उनी आफू संक्रमित भएको खबर पाउनसाथ फर्किएर त्यही दिन बेलुका बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना भए ।

उनले भने, ‘संक्रमण देखिएसँगै म बलम्बबुमा ९ दिन आइसोलेसनमा बसेँ । कोरोनालाई जितेर एकहप्ता थप घरमै क्वारेन्टाइन बसेर अहिले ड्यूटीमा फर्किएको छु । मलाई अहिले कुनै समस्या छैन ।’

उनमा कोरोनाको कुनै लक्षण देखिएन । उनी अहिले पहिलेकै आत्मविश्वास स्फूर्तिसहित ड्यूटी छन् । कोरोना बारे बाहिर सुनिने हल्ला जस्तो छैन उनको अनुभव ।

संक्रमणमा पर्दा प्रहरी सङ्गठनभित्रकै उच्च अधिकारी तथा सहकर्मीहरूको हौसला र सद्भावका कारण आफूले छोटो समयमै कोरोनालाई जितेको अनुभव प्रहरी निरीक्षक थापाको छ ।

कोरोनाको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको लकडाउनबीच प्रहरी कर्मचारीहरू अत्यावश्यकीय प्रयोजनमा चल्ने सवारी व्यवस्थापन र मानिसहरूको रेखदेखमा बढी केन्द्रित भए । नागरिकहरूसँग प्रत्यक्ष सम्पर्कमा रहुनुपर्ने भएकाले संक्रमणको जोखिम उच्च थियो ।

यही अवस्थामा संक्रमित बने महानगरीय ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक अनमोल पाण्डे । उनी भन्छन्, ‘नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहुनुपर्ने भएकाले म कतिबेला कहाँ संक्रमित भए पत्तो पाइएन । जोखिमको केन्द्र भागमा हामी थियौँ भन्ने मैले पहिले नै बुझिसकेको थिएँ । मैले पहिले नै आत्मबल बलियो बनाएको थिएँ । यसले मलाई कोरोना भाइरस जित्न धेरै मद्दत गरेको महसुस भएको छ ।

पाण्डे आइसोलेसनमा रहँदा कार्यालय प्रमुख तथा आफ्ना वरिष्ठ अधिकारीहरूले देखाएको सद्भावले सहज भएको अनुभव सुनाउँछन् । उनी भन्छन्, ‘कोरोना भएर मरिन्छ भन्ने हुँदैन । आत्मबल बलियो बनायो भने डराउनुपर्ने अवस्था आउँदैन ।’

नेपालमा अधिकांश संक्रमितलाई कोरोनाको लक्षण देखिएको छैन । पाण्डेलाई लक्षण देखियो । उनले भने, ‘मलाई केहीमात्रामा कोरोनाको लक्षण देखियो । हल्का फ्लुजस्तो लक्षण पाँचौँ दिनसम्म देखिएको थियो । ज्वरो आउने, छाती दुख्ने समस्या भए पनि खासै अप्ठेरो महसुस भएन ।’

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार देशभरका संक्रमित प्रहरीको अवस्थालाई विशेष ध्यान दिएर हेरिएको छ । उनले भने, ‘संक्रमित प्रहरीहरूको निरन्तर सम्पर्कमा हामी छौँ । महानिरीक्षकज्यू पनि निरन्तर सम्पर्कमा हुनुहन्छ ।’

संक्रमितहरूलाई सबैभन्दा धेरै आत्मविश्वास र ऊर्जाको आवश्यकता पर्छ । सङ्गठनभित्रका उच्च अधिकारी, सहकर्मी र परिवारबाट पाएको माया र हौसलाले प्राण घातक रोगको कुनै ओखतीभन्दा बढी प्रभावकारी काम गरेको उनीहरूको अनुभव छ ।

नेपाल प्रहरीभित्र फिल्डमै खटिएर काम गर्ने कर्मचारीलाई सरकारले पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन सकेको छैन । तैपनि, उनीहरू जिम्मेवारीलाई केन्द्रमा राखेर डटिरहेका छन् । यतिबैला प्रहरीलाई सबैभन्दा धेरै नागरिक सहयोगको आवश्यकता छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ४ : ४० बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट