सरकारले निशुल्क वितरण गरेको औषधिको गुणस्तर नै फेल ! | Khabarhub Khabarhub

सरकारले निशुल्क वितरण गरेको औषधिको गुणस्तर नै फेल !


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले निशुल्क वितरण गरेका औषधिको गुणस्तर फेल भएको पाइएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गत मंसिर र पुसमा गरेको अध्ययनमा सरकारले नै वितरण गरेको निशुल्क औषधिको गुणस्तर फेल भएको पाइएको हो ।

परिषद्का डाक्टर मेघनाथ धिमालका अनुसार परिषद्ले गरेको २० प्रकारका जेनेरिक औषधिहरू मध्ये ७ प्रकारका औषधिहरूको गुणस्तर फेल भएका हुन् ।

परिषद्ले राष्ट्रिय औषधि प्रयोगशालासँग समन्य गरी सरकारले देशभर निशुल्क वितरण गरेको २० प्रकासका औषधिको कुल २४४ ब्याचहरू परीक्षण गरेको थियो ।

ती मध्ये ३७ वटा ब्याचहरूमा गुणस्तर नभएको पाइएको डा धिमालले जानकारी दिए । ब्याच फेल भएका ती औषधिहरू २३ वटा नेपाल सरकारद्धारा वितरण भएका ब्याचहरू छन् । यस्तै अन्य १४ वटा ब्याचहरू स्वास्थ्य संस्थाहरूमा अन्य स्रोतबाट आएको पाइएको छ ।

गुणस्तर फेल भएका जेनेरिक औषधिमा प्यारासिटामोल, आइरन चक्की, सिप्रोफ्लोक्सासिन हाइड्रोक्लोराइड, मेटफर्मिन हाइड्रोक्लोराइड ट्याब्लेट, मेट्रोनिडाजोल ट्याब्लेट, पारासिटामोल पेडियाट्रिक ओरल सस्पेन्सन, पोभिडोन–आयोडिन सोलुसन हुन् ।

परिषद्ले सरकारले स्वास्थ्यसंस्थाबाट वितरण गर्दै आएका अति आवश्यक औषधिको गुणस्तर अध्ययनका लागि कुल ६२ स्वास्थ्य संस्थाहरू, पाँच क्षेत्रीय मेडिकल स्टोर संलग्न थिए । ती मध्ये १७ वटा जिल्ला अस्पताल, ३ वटा अञ्चल अस्पताल, एउटा क्षेत्रीय अस्पताल, २१ वटा प्राथमिक स्वास्थ्य केन्द्र र २० वटा स्वास्थ्य चौकीहरू थिए ।

ती स्वास्थ्य संस्थाबाट २० प्रकारका जेनेरिक औषधिहरूको २४४ ब्याचहरू संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा गुणस्तार परीक्षण गरिएको थियो ।

अध्ययनको क्रममा ६२ मध्ये ८ वटा स्वास्थ्य संस्थाहरू र ३ क्षेत्रीय मेडिकल स्टोरहरूले मात्र पूर्ण रुपमा औषधि भण्डारणमा निर्देशिका पालना गरेको पाइएको छ।

औषधि भण्डार कोठाको तापक्रम १५ डिग्री सेल्सियसदेखि २५ डिग्री सेल्सियस हुनु पर्नेमा स्वास्थ्य संस्थाहरूमा १९ डिग्री सेसिल्यसदेखि ३७ डिग्री सेल्सियस र क्षेत्रीय मेडिकल स्टोरहरूमा ३० डिग्री सेल्सियस देखि ३७ डिग्री सेल्सियस सम्म तापक्रम नभएको पाइएको डा धिमालले जानकारी दिए ।

यस्तै औषधि भण्डार कोठाको आद्रता ६० डिग्रीभन्दा कम हुनुपर्नेमा तथ्यांक संकलनको बेलामा स्वास्थ्य संस्थाहरूमा ४० देखि ८६ प्रतिशत क्षेत्रीय मेडिकल स्टोरहरूमा ६१ प्रतिशतदेखि ७७ प्रतिशतसम्म आद्रता ममापन नभएको पाइएको छ ।

सरकारले वितरण गरेका औषधिहरू नै गुणस्तर फेल भएपछि परिषद्ले स्वास्थ्य मन्त्रालयलाई बोलाएर निशुल्क औषधिममा गुणस्तर कायम गर्न सुझाव दिइएको डा. धिमालले बताए ।

‘सरकारले वितरण गरेको औषधिको गुणस्तर फेल भएको पाइएपछि हामीले स्वास्थ्य राज्यमन्त्री, सचिवज्यु, औषधि व्यवस्था विभागका महानिर्देशक ज्यू तथा विशेषज्ञहरू सबैलाई बोलाएर यो विषयमा जानकारी दिएका छौं,’ डा धिमालले भने, ‘सरकारले आगामी दिनमा जनताको स्वास्थ्यलाई ध्यान दिएर औषधिको गुणस्तर लागु गर्नुहुन्छ भन्ने विस्वास छ ।’

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  २ : ०१ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र