कोरोना भाइरस : विश्वभर एकैदिन १ लाख ९७ हजारभन्दा बढी संक्रमणमुक्त | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर एकैदिन १ लाख ९७ हजारभन्दा बढी संक्रमणमुक्त

कुल संक्रमितको ६४ प्रतिशत बढी निको


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकैदिन १ लाख ९७ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

सात महिनाभन्दा बढी समयदेखि फैलिएको संक्रमणबाट यो समाचार तयार पार्दासम्म ६४.१९ प्रतिशत अर्थात १ करोड २५ लाख ४३ हजार ७१३ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये १ लाख ९७ हजार ६२४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।

शनिबार यो समाचार तयार पार्दासम्म १ करोड ९५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । एकै दिन २ लाख ८३ हजार ९ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९५ लाख ३९ हजार ७४८ पुगेको हो ।

यस्तै एकै दिन ६ हजार ४४८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख २३ हजार ९९१ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ६१३ जनाको मृत्यु भएको छ । ३० लाख ८ हजार २४६ जना संक्रमित भएकोमा १८ लाख ६ हजार १८९ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३२ हजार ७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५९ लाख ९५ हजार ४९३ पुगेको छ । त्यसमध्ये ३२ लाख ३३६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६ हजार ६९० जनाको मृत्यु भएको छ । ४८ लाख ६३ हजार २६६ जना संक्रमित भएकोमा ३६ लाख ६२ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५६ हजार ७४४ जनाको मृत्यु भएको छ । ४६ लाख २३ हजार ९८६ जना संक्रमित भएकोमा ३१ लाख ५३ हजार २३७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २२ हजार ५५३ जनाको ज्यान गएको छ भने १० लाख २५ हजार ४६४ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ७ हजार ८७७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३०४ जनाको मृत्यु भएको छ । २२ हजार ५७२ जना संक्रमित भएकोमा १२ हजार ९९९ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : ३५ बजे

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम