काठमाडौंका सार्वजनिक जग्गा संरक्षण गर्दै पार्क निर्माण, २७ करोड बजेट | Khabarhub Khabarhub

काठमाडौंका सार्वजनिक जग्गा संरक्षण गर्दै पार्क निर्माण, २७ करोड बजेट



काठमाडौँ । काठमाडौं उपत्यकाभित्र घुम्ने प्रयोजनलाई ३० भन्दा बढी रमणीय पार्क निर्माण हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोडसम्मका ३० भन्दा बढी पार्क निर्माणको योजना अघि सारेको छ ।

ती पार्क निर्माणका लागि मात्रै महानगरपालिकाले २७ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ ।

महानरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्दै त्यसको संरक्षण गरी खुला क्षेत्र विकास गर्ने र हरियाली प्रवद्र्धन गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाएको छ ।

अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने उदेश्यले यो आर्थिक वर्षको बजेटमा पार्क निर्माण, हरियाली प्रवद्र्धनलगायलाई प्राथमिकतामा राखेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

‘हरियाली प्रर्वद्धन गर्ने, सहरको सौदर्य बढाउने, पार्क निर्माण गर्ने महानगरपालिकाको नीति नै हो,’ शाक्यले भने, ‘हामी खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको संरक्षण र सम्वद्र्धन गर्ने लगायतका कार्यलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ ।’

‘महानरवासीलाई टहलिन र खुला ठाउँमा आनन्द लिन हामीले त्यस्ता स्थानको संरक्षण र सदुपयोग गर्ने योजना अघि बढाएका हौँ,’ उनले थप्दै भने, ‘हरियाली बढाउनुका साथै भूमिगत पानी भण्डारणका लागि रिचार्ज काठमाडौँ अभियानलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ ।’

महानगरले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समावेश गरेका योजनामा महानगर जेष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, जेष्ठ नागरिक आश्रम, सहिद पार्क, चेसपार्क, महानगर बाजे–बज्यै पार्क, महिला मैत्री पार्क लगायत रहेका छन् ।

त्यसो त महानगरपालिकाको पार्क निर्माण योजना आगामी आर्थिक वर्षका लागि मात्र होइन् । महानगरले यसअघि पनि पार्क निर्माणका लागि बजेट सेमत छुट्याउँदै आइरहेको छ । जसमध्ये केही पार्कहरु निर्माणकै चरणमा छन् । त्यस्तै कतिपय पार्क निर्माण हुन भने सकेको छैन ।

कुन पार्कका लागि कति रकम ?

योजना अनुसार महानगरपालिकाले वडा–१५ मा सहिद पार्क निर्माणका लागि १ करोड, वडा–५ मा नरबुद्ध पार्कका लागि १ करोड ५० लाख, कुलेश्वर आवास क्षेत्र भित्र रहेको सार्वजनिक जग्गामा पार्क निर्माण गर्न ५० लाख विनियोजन गरेको छ ।

त्यस्तैगरी वडा–१४ को ज्ञानतिर्थमा पार्क निर्माणका लागि ४० लाख, वडा–११ को कुमारी मन्दिर नजिकै र धोवि खोला दोभानको सार्जजनिक जग्गामा पार्क निर्माण गर्न २५ लाख विनियोजन गरेको छ ।

त्यस्तै महानगरपालिकाले वडा–८ को गुहेश्वरीपारी पार्क निर्माण गर्न २० लाख, वडा–७ को कालोपुल र भत्केको पुलको बिचमा आइल्याण्डपार्क निर्माण गर्न ४० लाख, वडा–९ को कुमारी मन्दिर परिसरमा पार्क निर्माण गर्न २५ लाख, वडा–४ मा धुम्बाराही पार्क निर्माणका लागि १ करोड, वडा–४ कै शिवस्थली पार्क निर्माणका लागि लाग्ने ६ करोड मध्ये यस वर्षका लागि १ करोड विनियोजन गरेको छ ।

वडा–१४ को खड्का गाउँमा पार्क निर्माणका लागि ३० लाख, बालाजु पार्क विकास तथा स्वमिङपुल पुःननिर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–१७ को धोविचौर परिसरमा निर्माण र गाहिती पुर्ननिर्माणमा ३० लाख, रानीपोखरी क्षेत्र विस्तार कार्यका लागि १ करोड, वडा–३२ को बालकुमारीमा अमरावती पार्क निर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–३२ कै तीनकुनेमा आधुनिक बुद्धपार्क निर्माणको लागि डीपीआर प्रतिवेदन तयार पार्न १ करोड विनियोजन गरेको छ । उक्त स्थानमा अहिले अल्पकालीन रुपमा हरियालीसहितको आइल्याण्ड निर्माण गरिएको छ ।

महानगरपालिकाले आफ्नो ड्रिम प्रोजेक्टका रुपमा अघि बढाएको मेगा हलमा पनि ६० प्रतिशत स्थानमा खुला स्थान र हरियाली प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । मेगा हल निर्माण गर्ने भनिएको भृकुटी मण्डपमा अहिले करीब २८ प्रतिशत मात्रै खुला स्थान रहेको महानगरको सहरी योजना आयोगले जनाएको छ ।

महानगरबाट प्राप्त जानकारी अनुसार विष्णुमती करिडोरमा पार्क निर्माणका लागि बहुवर्षीय योजना अन्तर्रगत २ करोड, वडा–७ मा मैजुबहाल पार्क निर्माणका लागि ६२ लाख, वडा–३१ मा जेष्ठ नागरिक आश्रम तथा पार्क निर्माणका लागि वहुवर्षीय योजनामा २ करोड विनियोजन गरिएको छ ।

त्यसैगरी वडा ३२ को कोटेश्वर महादेवस्थानमा सार्वजनिक भवन र पार्क निर्माणका लागि ५० लाख, बागमती मनोहरा दोभानदेखि बालकुमारी पुलहुँदै मनोहरा, हनुमन्ते दोभानसम्म नदी किनारको जग्गा संरक्षण र पार्क निर्माणका लागि २ करोड, कोटेश्वर महादेवस्थानको सिडी स्तरोन्नती र पार्क निर्माणका लागि ३० लाख विनियोजन गरेको पनि महानगरपालिकाले जानकारी दिएको छ ।

त्यस्तै वडा–३२ को जनमैत्री हरित उद्यान निर्माणका लागि वहुवर्षीय योजना अन्तरर्गत १ करोड, वडा–२५ को महानगर जेष्ठ नागरिक पार्क निर्माणका लागि १ करोड, वडा–११ को थापाथलीमा सडक किनारा पार्क निर्माणका लागि ४० लाख, वडा–११ को चेसपार्क स्तरोन्ततिका लागि ३६ लाख, वडा–४ को महानगर बाजे–बज्यै पार्कको वहुवर्षीय योजनाका लागि ३ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

वडा नम्बर –३१ को प्रयोगमार्ग पार्क निमार्णका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–१० मा स्ट्रिटफुड पार्क निर्माणका लागि २५ लाख, वडा–१० को सानो गौचरण पार्क सुधारका लागि १ करोड, वडा नम्बर–३० को मैतिदेवी पार्क निर्माणका लागि ५० लाख, वडा–३१ को जागृति बाल उद्यान निर्माणका लागि ५० लाख, वडा–३२ को पुरानो टाउनप्लानिङ मनोहरा नदी किनारमा पार्क निर्माणका लागि ५० लाख, खुला योग तथा व्यायमशाला निर्माणका लागि ५० लाख, वडा–४ को विशालनगरमा पार्क निर्माण कार्यका लागि ५० लाख विनियोजन गरेको छ ।

महादेव खोला, बल्खु, करखुशी, सामाखुशी, विष्णुमति, वागमती नदी किनारको सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रर्वद्धन र नदी नियन्त्रण कार्यका लागि पनि महाननगरपालिकाले करीब ७ करोड बजेट विनियोजन गरेको छ ।

यी स्थानहरुमा पार्क निर्माणका लागि विनियोजन गरेको बजेट नगरसभाबाट पारित भइसकेको छ ।

चालु आर्थिक वर्षमा बने दर्जन बढी पार्क

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा २३ वडामा सहिद धर्मभक्त माथेमा पार्क, ३१ वडामा हनुमान पार्क, गणेश मन्दिर पार्क, लोकेश्वर महादेव मन्दिर परिसरमा पार्क निर्माण सम्पन्न गरेको छ ।

त्यसैगरी वडा ४ मा टुँडालदेवी पार्क त्यस्तै टुसाल पार्क निर्माणको काम पनि महानगरपालिकाले सम्पन्न गरेको जनाएको छ ।

विभिन्न वडामा मदन भण्डारी पार्क, वडा नम्बर–४ मा सुकेधारा कृष्ण गल्ली पार्क, वडा नम्बर–३ मा बाँसबारी इकोपार्क, टुँडालदेवी पार्क निर्माणको पनि महानगरपालिकाले पहिलो चरणको काम सम्पन्न गरेको छ ।

यी पार्कको निर्माण सुचारु

त्यसैगरी महानगरले आर्थिक वर्ष २०७६/०७७ मै न्ह्योखा, शान्ति नमूना, गौरीघाट हरियाली, धोबीखोला, त्रिपुरेश्वर ज्येष्ठ नागरिक, कुलेश्वर, कुलेश्वर आवास क्षेत्र, बागमती नगर, कुमारी, रानीबारी पोर्पा अजिमा, वडा नम्बर–२१ मा लगं, कमल पोखरी लगायतका पार्कको निर्माण कार्य सुरु गरिसकेको छ ।

यी पार्क निर्माणका लागि करीब ३८ करोड बजेट व्यवस्था गरेको छ ।

बाग्मती नगर पार्क करीब ७ करोडमा र लगं पार्क करीब ६ करोडको लगानीमा निर्माण भइरहेका छन् ।

कमलपोखरी गुरुयोजना अन्र्तरगत करीब ७ करोडको लगानीमा निर्माण कार्य सूचारु रहेको महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरको सहयोगमा छिमेकी नगरमा पार्क निर्माण

काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकासँग पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत हरियाली प्रर्वद्धनमा जोड दिदैँ आएको छ ।

०७६ साल माघ २७ गते काठमाडौं जिल्लाका १० वटा नगरपालिका तथा मध्यपुर थिमी नगरपालिकासँग सम्झौता गरी पार्क निर्माण कार्य अघि बढाएको महानगरपालिकाले जानकारी दिएको छ ।

ती पार्क निर्माणका लागि महानगरले प्रति नगरपालिकाका लागि १ करोड रुपैयाँ दिइसेकेको छ । अहिले सबै नगरपालिकाभित्र पार्कहरु निर्माण भइरहेको महानगरले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ९ : १६ बजे

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली

मोरङलाई हराउँदै भोजपुर गोल्डकपको अन्तिम ४ मा सिरहा

भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर

विपिन जोशीको रिहाइमा थप पहल गर्ने कतारी राजाको आश्वासन

काठमाडौं- नेपाल भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिनहमाद

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी

धार्मिक पर्यटकीयस्थलको गन्तव्य बन्दै जलेश्वरधाम

भद्रपुर– पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री