रातो मच्छिन्द्रनाथको रथारोहण अर्काे साइतमा | Khabarhub Khabarhub

रातो मच्छिन्द्रनाथको रथारोहण अर्काे साइतमा


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रातो मच्छिन्द्रनाथको रथारोहण अर्काे साइतमा हुने भएको छ ।

गुठी संस्थान कार्यालय ललितपुरले आज एक सूचना प्रकाशन गरी ‘वर्षा र सहकालका देवता’ बुङ्गद्योको रथारोहण अर्काे साइतमा हुने जनाएको हो ।

संस्थान कार्यालय प्रमुख राजन भुजुद्वारा आज हस्ताक्षरित पत्रमा “गुठी संस्थान शाखा कार्यालय ललितपुरबाट मिति २०७७ ।३।२३ गते सरोकारवालालाई प्रेषित पत्रमा अन्यथा हुन गएकोमा सच्याइएको छ”, भनिएको छ ।

संस्थानले उक्त पत्रमा रातो मच्छिन्द्रनाथको रथारोहण अर्काे साइतमा हुने व्यहोरा सरोकार पक्ष सबैमा जानकारीका लागि अनुरोध गरिएको भनी सूचना दिएको छ ।

यसअघि रथारोहण साइत आजका लागि तोकिएकामा देशको समय र परिस्थितिका कारण मङ्गलबार नै स्थगन भएको सूचना दिई कार्यक्रम रोकिएको थियो ।

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । मच्छिन्द्रनाथ रथयात्रा र भोटोजात्रा काठमाडौँ उपत्यकाकै लामो जात्राका रुपमा लिइन्छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ९ : ०२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०