काठमावडौं- असार २५ देखि ४ दिन यो वर्षकै सबैभन्दा धेरै पानी पर्ने सम्भावना रहेको हुँदा सतर्क रहन अपिल गरिएको छ ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार एक विज्ञप्ति जारी गर्दै असार २५ देखि २८ गतेसम्म प्रदेश १, प्रदेश २ बाग्मती र गण्डकी प्रदेशमा यस वर्षकै सबैभन्दा धेरै पानी पर्ने जनाएको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलद्वारा जारी विज्ञप्तिमा पहाडी क्षेत्रका साना खोलामा समेत बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तो छ विज्ञप्ति
प्रतिक्रिया