ओली-प्रचण्ड २ घण्टा वार्ता, ठोस सहमति भएन | Khabarhub Khabarhub

ओली-प्रचण्ड २ घण्टा वार्ता, ठोस सहमति भएन


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पार्टीको आन्तरिक विवाद हल गर्न वार्तामा जुटेका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको वार्ता २ घण्टापछि सकिएको छ ।

वार्ता २ घण्टा चले पनि ठोस सहमति नभएको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपाभित्र जारी विवाद समाधानको प्रयासका लागि दुई अध्यक्षबीच छलफल भएको हो। विवाद समाधानकै लागि स्थायी समिति बैठक असार २६ गतेसम्मको लागि सारिएको छ।

दुई अध्यक्षबीच बिहान टेलिफोनमार्फत् कुराकानी भएपछि बैठक स्थगित भएको हो। दुई अध्यक्षबीच सहमति नभएसम्म स्थायी समिति बैठक स्थगित गर्न दुवै पक्षका नेताहरूले दबाव दिएका छन्।

प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन्। प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन्।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ७ : १६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको