कोरोना संक्रमणमुक्त भएकालाई भे‍दभाव नगर्नू : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

कोरोना संक्रमणमुक्त भएकालाई भे‍दभाव नगर्नू : स्वास्थ्य मन्त्रालय


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोरोना भाइरस संक्रमणमुक्त भई घर गएकाहरुमाथि भे‍द्‍भाव हुने गरेको भन्दै स्वास्थ्य मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोभिड-१९ बाट मुक्त भएर घर फर्किएकाहरूलाई गाउँघरमा भे‍दभाव हुने गरेको पाइएपछि स्वास्थ्य मन्त्रालयले यस्तो कार्य गर्नेलाई कारबाही गर्ने जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डा. जागेश्वर गौतमले संक्रमणमुक्त भएका कतिपयलाई घरमा बस्न नदिइएको पाइएको बताए।

“निको भइसकेपछि घरमा जाँदा स्वागत गर्दै घरमा बस्ने व्यवस्था गर्नुपर्छ,” उनले भने, “यसो नगरी भे‍दभाव गरेको पाइए कानूनअनुसार कारबाही हुनेछ।”

यसैबीच मन्त्रालयले कोरोना परीक्षणका नाममा पालिकाबाट शुल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कारबाहीको चेतावनी दिएको छ ।

केही स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षण गरेबापत शुल्क लिइरहेको खबर आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो ।

सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाेले पालिकाबाट पैसा नउठान आग्रह गरेको छ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ५ : ३४ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा