५ जिल्ला कोरोनामुक्त, ६ जिल्लामा ५०० बढी संक्रमित | Khabarhub Khabarhub

५ जिल्ला कोरोनामुक्त, ६ जिल्लामा ५०० बढी संक्रमित


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका पाँच जिल्ला कोरोना मुक्त भएको जानकारी दिएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालका पाँच जिल्ला कोरोना मुक्त भएको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ र हुम्लामा एक जना पनि सङ्क्रमित छैनन् ।

यी जिल्लामा यसअघि सङ्क्रमित भेटिए पनि सङ्क्रमण पुष्टि भएका सबै निको भएर डिस्चार्ज भएकाे मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालका ६ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार बुधबार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ७५२ पुगेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ५ : १३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०