कोरिया जान पाउनुपर्ने माग राखेर प्रदर्शन | Khabarhub Khabarhub

कोरिया जान पाउनुपर्ने माग राखेर प्रदर्शन


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरिएको छ । कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन ।

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द भएपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले सरकारले उडान सञ्चालन नगरे सङ्घर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रदर्शनमा सहभागीले कि रोजगारी दिनुपर्ने कि कोरिया जान दिनुपर्ने र र कोरियाको लागि अन्तर्राष्ट्रिय उडान नियमित गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनी गरेका थिए । प्रदर्शनमा सहभागी सागर अधिकारीले आफ्ना माग पूरा नभए चार हजार ५०० युवाहरुले आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ४ : ०६ बजे

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको

साँगा-धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको