अपशब्द र ज्यान मार्ने धम्कीप्रति राप्रपाको ध्यानाकर्षण | Khabarhub Khabarhub

अपशब्द र ज्यान मार्ने धम्कीप्रति राप्रपाको ध्यानाकर्षण


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- राप्रपाका नेताले भ्रष्टाचारका विषयमा उठाएको विषयलाई लिएर गरिएको अपशब्दप्रति राप्रपाको ध्यानाकर्षण भएको जनाएको छ ।

२०७७ असार १६ गते नुवाकोटको पञ्चकन्या गाउँ पालिका वडा नं. १ का वडा अध्यक्ष मणिनाथ लामिछानेले बोलाएको सामुहिक खेती कार्यक्रमको बैठकमा सहभागी राप्रपाका स्थानीय नेता रामचन्द्र अगस्थीले सामुहिक खेतिमा भएको भ्रष्टाचारलाई उठाएको बिषयलाई लिएर लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले अपशब्द प्रयोगका साथ कुटपिट गरी ज्यान मार्ने धम्की दिएकोमा राप्रपाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गाउँपालिका अध्यक्ष जस्तो गरिमामय पदमा आसिन व्यक्तिबाट यस्तो हर्कत हुनु निन्दनिय कार्य हो । सो घटनाको निष्पक्ष छानविन गरि कुटपिटमा उत्रने जनप्रतिनिधिलाई कारवाही गर्न, सर्वसाधारण जनताको जिउधनको रक्षा गर्न र भ्रष्टाचारमा संलग्नलाई कानुनी दायरामा ल्याउन समेत राप्रपा सरकारसँग जोडदार माग गर्दछ ।’

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १ : १७ बजे

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)

१० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएपछि…

सिरहा– सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै परीक्षकको नेपाली विषयको

छ करोडको लागतमा पालिका भवन निर्माण

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ