नेकपा स्थायी कमिटी बैठक बस्दै | Khabarhub Khabarhub

नेकपा स्थायी कमिटी बैठक बस्दै


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्दै छ।

पटक-पटक स्थगित हुँदै आएकाे बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेकाे हाे।

नेकपाभित्र चर्किएकाे विवादका कारण बैठक स्थगित हुँदै आएकाे छ । सहमतिका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटकपटक छलफल भएपनि निकास निस्कन सकेकाे छैन।

यसअघि साेमबारका लागि तय भएकाे स्थायी कमिटीको बैठक आज (बुधबार)सम्मका लागि स्थगित भएको थियाे।

पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार पनि थप आन्तरिक छलफल गर्नेगरी बिहीबारकाे स्थायी कमिटी बैठक एक दिनका लागि स्थगित गरिएको थियो।

स्थायी कमिटी बैठकमा बाेल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदै आएकाे छ।

बैठकमा छलफलका लागि नेकपाले ७ बुँदे एजेण्डा तय गरेपनि प्रधानमन्त्री ओलीको राजीनामाको विषयमा केन्द्रीत बन्दै आएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा जारीगरेसँगै भारतसँग मिलेर आफ्नै पार्टीका नेताहरुले सरकार ढाल्न खोजेको सार्वजनिक अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चुलिएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ८ : ३२ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको