असार १५ देखि दैनिक १० हजार जनाको पीसीआर विधिबाट परीक्षण गरिने | Khabarhub Khabarhub

असार १५ देखि दैनिक १० हजार जनाको पीसीआर विधिबाट परीक्षण गरिने


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गरिने बताएका छन् ।

आज संघीय संसदमा सांसदले सोधेको प्रश्नमा उनले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको प्रक्रिया शुरु गरिएको बताए ।

मेसिन खरिद गरेपछि विदेशबाट दैनिक ठूलो सङख्यामा सर्वसाधारणकोे पीसीआर परीक्षणको व्यवस्था गर्न सकिने उनको भनाइ थियो । अहिले मुलुकका २१ स्थानबाट दैनिक चार हजारको सो परीक्षण भइरहेको छ । अहिलेसम्म पीसीआर एक लाख ९७१ र आरडिटी एक लाख ५६ हजार ९९१ जनाको परीक्षण गरिएको छ ।

नेपालमा तीन हजार ७६२ जनामा सङ्क्रमण, १४ जनाको मृत्यु र ४८८ जना अस्पतालबाट डिस्चार्ज भएका छन । उनले सात प्रदेशमा सात ठूला मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले अहिलेको बन्दाबन्दी (लकडाउन) लाई सहजिकरण गर्न विज्ञसँग परामर्श भइरहेको बताए । मुलुकमा ७७ दिनदेखि लकडाउन जारी छ ।

उनले अहिले विनियोजित बजेट स्वास्थ्य सुधारका लागि पर्याप्त नभएपनि स्वास्थ्य क्षेत्रको बलियो जग बसाल्न सकिने धारणा व्यक्त गरे । मन्त्री ढकालले सर्वसाधारण जनतालाई दिइने स्वास्थ्य सेवाको गुणस्तरीय र आम नागरिकको पहुँचमा सेवाको वृद्धि हुने गरी आगामी वर्षमा स्वास्थ्यका कार्यक्रम सञ्चालन हुने विश्वास दिलाए ।

निरोगी नेपाल अभियान अन्तर्गत प्रदेश र स्थानीय तहसँग समन्वय गरी विभिन्न स्वास्थ्य कार्यक्रम, आयुर्वेद, प्राकृतिक चिकित्सा, होमोपेथिक तथा योग लगायतका वैकल्पिक उपचार पद्धतिमार्फत प्रभावकारी सेवा प्रवाह गर्ने कार्यलाई प्राथमिकता दिइएको मन्त्री ढकालले बताए । भौगोलिक र जनसङ्ख्याका आधारमा स्वास्थ्य संस्थालाई स्तरोन्नति गरिने उनले बताए ।

स्वास्थ्य संस्थाका अहिलेको दरवन्दीमा पुर्नसंंरचना गरी आवश्यकता अनुसार तत्काल अस्थायी दरवन्दी स्वीकृत गरिने उनको भनाइ थियो । चिकित्सकलाई उच्च मनोवलका साथ काम लगाइने भन्दै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता र २५ लाख विमा गरिएको उनले जानकारी दिए । प्रत्येक स्थानीय तहमा एक चिकित्सक र एक चिकित्सक एक संस्थाको व्यवस्थापनका लागि आवश्यक कार्यक्रम गरिने उनले बताए । गरिब, विपन्न, असाहय र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न पर्याप्त बजेट विनियोजन गरिएको मन्त्री ढकालले बताए ।

खोप, पोषण, क्षयरोग, एचआईभी एड्स र अन्य महामारी रोगका लागि बजेट विनियोजन गरिएको छ । यो वर्षको कार्यक्रम अन्तर्गत ३०० बेडको सङ्घ र प्रत्येक प्रदेशमा ५० बेडको सरुवा रोग अस्पताल बनाइने बजेटमा उल्लेख छ । उनले पुराना अञ्चल अस्पताललाई २०० बेडमा स्तरोन्नति गर्ने र सङ्घमा रहेका पाँच वटा अस्पताल तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली विज्ञान प्रतिष्ठानलाई स्तरोन्नति गरी ५०० बेडको बनाउने बताए ।

कोभिड–१९ को रोकथाम, नियन्त्रणका लागि सरकारले प्रयास गरिरहेको भन्दै उनले कोभिड १९ को महामारी अरु देशको भन्दा हाम्रो देशमा सङ्क्रमण फरक रहेको बताए । उनका अनुसार नेपालमा २१ देखि ३१ वर्ष उमेर समुहलाई बढी सङ्क्रमण देखिएको छ । महामारी नियन्त्रणमाा १० अर्ब खर्च भएको सन्र्दभमा सोधिएको प्रश्नमा उनले सङ्घले ६ अर्ब ३ करोड, प्रदेशले एक अर्ब ८ करोड र ६४१ स्थानीय तहमा २ अर्ब ७६ करोड खर्च भएको जानकारी दिए । यस्तै दुई अर्ब ९२ करोड ५५ लाख ८९ हजार स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सामाग्री खरिदमा खर्च भएको उनले उल्लेख गरे ।

दक्षिण एशियामा राम्रो

दक्षिण एशियामा हामीले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा राम्रो भूमिका खेलेको मन्त्री ढकालले उल्लेख गरे । प्रति १० हजारमा तीन हजार ३३७ जनामा परीक्षण गरिएको छ ।

सङ्गठनले प्रतिबन्ध लगाएको छैन

उनले विश्व स्वास्थ्य सङ्गठनले आरडिटी प्रतिबन्ध नलगाएको स्पष्ट पार्दै भने, ‘अध्ययन, अनुसन्धानका लागि आरडिटी परीक्षणमा प्रतिवन्ध लगाएको छैन । आरडीटी परीक्षण गर्दा पोजेटिभ देखियो भने पोजेटिभको आधारमा सङ्क्रमित भनेका छैनौ । सङ्क्रमण पुष्टि गर्नका लागि पीसीआर परीक्षण गरेका छौँ । आरडीटी स्क्रीनिङ्गका लागि मात्र परीक्षण गरिएको हो ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ८ : १९ बजे

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्