भेरी अस्पतालको प्रयोगशालामा थप ९ जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

भेरी अस्पतालको प्रयोगशालामा थप ९ जनामा कोरोना पुष्टि


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश बहादुर थापामा अनुसार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालले सोमबार साँझ  संक्रमितको अपडेट फेसबुक मार्फत सार्वजनिक गर्दै संक्रमित थप भएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमितहरु बाँकेको नेपालगञ्ज-४ का ४९ वर्षका पुरुष, वडा नम्बर २० का ३२ वर्षका पुरुष, वडा नम्बर १३ का २४ वर्षका पुरुष रहेका छन् । यस्तै बाँकेकै खजुराका वडा नम्बर ५ का २३ वर्षका पुरुष, वडा नम्बर ४ का ३६ वर्षका पुरुष र ३५ वर्षकी महिला पनि संक्रमित भएका छन् ।

यस्तै खजुराकै वडा नम्बर ३ र २ का ४३ वर्षका पुरुष र २३ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दियाको मधुवन ६ का १८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आजै भेरी अस्पतालको प्रयोगशालामा १९ जनाको कोरोना संक्रमण पुष्टि भएको थियो । सो प्रयोगशालामा आज मात्र २८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ६ : ५३ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको