कोरोना संक्रमण रोकथामका लागि भएको खर्चबारे स्वास्थ्य मन्त्रीले दिए जवाफ | Khabarhub Khabarhub

कोरोना संक्रमण रोकथामका लागि भएको खर्चबारे स्वास्थ्य मन्त्रीले दिए जवाफ


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि हालसम्म भएको खर्चको विवरण प्रस्तुत गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि हालसम्म भएको खर्चको विषयमा जानकारी दिएका हुन् ।

उनले २ अर्ब ७६ करोड स्थानीय तहबाट खर्च भएको जानकारी दिए । ६ सय ४१ स्थानीय तहको खर्च मात्रै यसमा समावेश भएको उनले बताए ।

उनले कोरोना नियन्त्रणका लागि क्वारेन्टाइन व्यवस्थापन लगायतका विभिन्न शीर्षकमा सो बराबरको रकम खर्च भएको जानकारी दिए ।

मन्त्री ढकाललका अनुसार ६ सय ४१ पालिकाहरुमार्फत कोरोना नियन्त्रणका लागि यो रकम खर्च भएको हो ।

यस्तै कोरोना नियन्त्रणका लागि प्रदेशबाट एक अर्ब ८ करोड खर्च भएको र संघबाट ६अर्ब ३ करोड खर्च भएको मन्त्री ढकाललको भनाइ छ । केन्द्र सरकारबाट खर्च भएको रकम सीसीएमसी लगायत संक्रमित देखिएका व्यक्तिलाई आइसोलेसनमा ल्याउँदासम्म हुने खर्च भएको बताए ।

मन्त्री ढकालले स्वास्थ्य सामाग्री खरिदमा मात्र २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार स्वास्थ्य मन्त्रालयले खर्च गरिसकेकाके पनि जानकारी दिए । संसदमा खर्चको विवरण सार्वजनिक गर्द मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयले गरेको सबै खर्च पारदर्शी भएको समेत दाबी गरे ।

कोरोना संक्रमणको अवस्थाबारे जानकारी 

मन्त्री ढकालका अनुसार नेपालमा हालसम्म ३७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको र ४ सय ८८ जना निको भएको पनि बताए ।  उनले नेपालमा हालसम्म १४ जना कोरोना संक्रमतिको मृत्यु भएको जानकारी दिए ।

कुल संक्रमित मध्ये ३५ सय ६ जना पुरुष र २ सय ५६ जना पुरुष रहेका छन् भने मृत्यु हेन १४ जना मध्ये १२ जना पुरष र २ जना महिला रहेका छन् ।

मन्त्री ढकालका अनुसार डिस्चार्ज भएका कुल ४ सय ८८ मध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेका छन् ।

नेपालमा ७ वटै प्रदेशको ७१ जिल्लामा कोरोना संक्रमणको प्रभाव देखिएको मन्त्री उनले जानकारी दिए ।

मन्त्री ढकालका अनुसार हालसम्म २ लाख ५७ हजार ९ सय ६२ वटा नमूना परीक्षण गरीएको छ । जसमध्ये १ लाख ९ सय ७१ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको पनि बताए । मन्त्री ढकालले एसियाली मुलुकहरुमा नेपालमा कोरोना संक्रमण र परीक्षणको अवस्था सामान्य भएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले नेपालमा युवाहरुमा कोरोना संक्रमण बढी देखिएको बताए । मन्त्री ढकालले नेपालमा २१ देखि ३० वर्ष सम्मका बढी व्यक्तिमा बढी संक्रमण भएको बताए । यस्तै ११ देखि २० वर्ष उमेर समुहका व्यक्तिहरु दोस्रो र त्यसपछि ३१ देखि ४० वर्ष सम्मका व्यक्तिहरुमा संक्रमण देखिएको बताए

मन्त्री ढकालले नेपालमा बैदेशिक रोजगारी तथा अन्य शिलशिलामा विदेश गएर फर्किएकाहरुबाट नै नेपालमा कोरोना संक्रमण देखिएको बताए ।

परीक्षण कसरी भइरहेको छ ?

मन्त्री ढकालले नेपालमा कोरोना परीक्षणको विषयमा आरडीटी विधिबाट परीक्षण गर्न प्रतिबन्ध नलगाएको पनि जानकारी दिए ।

मन्त्री ढकालले नेपाल सरकारले पनि केस एकिन गर्न आरडीटी भन्दा पीसीआर प्रभावकारी भएको सैद्धान्तिक रुपमा स्वीकृत गरेको जानकारी दिए ।

मन्त्री ढकालले आरडीटी परीक्षणबाट पोजेटिभ देखिएकाहरुको पनि पीसीआर परीक्षण गरिएको बताए । उनले आरडीटी परीक्षण किटलाई स्क्रिनिङको निम्ति मात्र प्रयोग गरेको बताए ।

उनले क्वारेन्टाइनमा रहेकाहरुका व्यक्तिहरुमा क्वारेन्टाइन बसाइको १४ दिन पछि उसको शरीरमा कोरोनाको एन्टीबढी प्राप्त भएको छ वा छैन भनेर अध्ययन गर्न मात्र आरडीटी परीक्षण गरीएको जानकारी दिए ।

उनले पीसीआर परीक्षणबाट नै कोरोना परीक्षणको दायरा बढाउने बताए । नेपालमा आज मात्र ४७ सय ४६ वटा नमूना पीसीआर विधिबाट परीक्षण भएको उनले जानकारी दिए ।

मन्त्री ढकालले विदेशबाट आउनेहरुको क्रम बढ्दै गएकाले सबैलाई पीसीआर परीक्षण गर्न नसक्ने अवस्था रहेको बताए ।
उनले असार १५ सम्ममा हरेक दिन १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउने जानकारी दिए ।

“यो असार १५ सम्ममा प्रत्येक दिन १० हजार पीसीआर रिपोर्ट दिन सक्नेगरी त्यो व्यवस्थापनमा जुटेका छौं,” मन्त्री ढकालले भने, “सातवटै प्रेदशमा एकएक वटा ठुला मेसिन खरिद प्रक्रिया पनि अगाडी बढाएका छौं ।”

उनले ७ वटै प्रदेशमा कोरोना परीक्षणका लागि ठूला मेसिन खरिद प्रक्रिया पनि अघि बढाइएको समेत जानकारी दिए ।

 

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ६ : २९ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश