भारतको सहयोगमा ५६ विद्यालयको पुनर्निर्माण हुँदै | Khabarhub Khabarhub

भारतको सहयोगमा ५६ विद्यालयको पुनर्निर्माण हुँदै


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय दुताबासको सहयोगमा नेपालका विभिन्न स्थानका ५६ वटा विद्यालय पुनर्निर्माण हुने भएको छ ।

भारतीय दुताबासले सोमबार विज्ञप्ति जारी गर्दै भूकम्पबाट क्षेतिग्रस्त भएका गोरखा, नुवाकोट, धादिङ, दोलखालगायतका जिल्लामा ५६ वटा विद्यालय पुनर्निर्माणका लागि २ अर्व ९५ करोड रुपैयाँ सहयोग गर्ने जनाएको हो ।

उच्च माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि सोमबार भारतीय दूतावास र नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ बीच ७ वटा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौता अनुसार, नेपाल सरकारले तोकेको मापदण्डमा भूकम्प प्रतिरोधि भवन निर्माण हुनेछन् । भूकम्प प्रतिरोधि संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग गर्ने बताइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ३ : ५८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६