नेपालको झण्डा फहराएर जनकपुर-जयनगर रेल चलाइन्छ- मन्त्री नेम्बाङ | Khabarhub Khabarhub

नेपालको झण्डा फहराएर जनकपुर-जयनगर रेल चलाइन्छ- मन्त्री नेम्बाङ


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले आगामी आर्थिक वर्षमा नेपालको झण्डा फहराएर जनकपुर जयनगर रेल चलाइने बताएका छन्।

संसदमा बिनियोजन बजेटमाथि मन्त्रालयगत छलफलमा उठेका प्रश्नको सांसदहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

‘नेपालको झण्डा फहराएर जनकपुर जयनगर रेल चलाइने छ,’ उनले भने, ‘त्यसको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ।’

उनले कोरोना महामारीका कारण देशको बजेट नै घटेको बताउँदै सांसदहरुले माग गरे अनुसार योजनाहरुमा बजेट हाल्न नसकिएको स्वीकार गरे।

‘विश्व व्यापी फैलिएको कोरोना महमारीले यो मन्त्रालयको करिब २२ अरबले न्यून बजेट छ,’ उनले भने, ‘यस्तो अवस्थामा प्रादेशिक सन्तुलन गरिएको छ। ख्याल मात्रै होइन बजेट सन्तुलन वितरण गरिएको छ। माननीय सदस्यहरुको माग बमोजिम योजना समेट्न सकिएको छैन। आगामी वर्ष यसलाई समेटिनेछ।’

उनले ८० वटा राजमार्गलाई निरन्तरता दिँदै पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने काम अघि बढाउन बजेटको व्यवस्था गरिएको पनि बताए।

उनले सडक सुरक्षा ऐन संसदमा पेश गर्न तयारी अवस्थामा रहेको पनि जानकारी गराए। निर्वाचन क्षेत्रमा रणनीतिक सडक निर्माण कार्य सुरु गरेर समानुपातिक विकासको थालनी गरेको पनि बताए। उनले काठमाडौं उपत्यका भित्र फ्लाइ ओभर निर्माणको काम अघि बढाइने पनि बताए।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १ : १९ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०