फेरि बढ्यो सुनको मूल्य, अब कति पुग्यो ? | Khabarhub Khabarhub

फेरि बढ्यो सुनको मूल्य, अब कति पुग्यो ?


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनको मूल्य आज (सोमबार) सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला ८७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुनको मूल्य भने प्रतितोला ८७ हजार ६५ रुपैयाँ निर्धारण गरिएको छ।

चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ९ सय ३० रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँ कायम गरिएको थियो।

महासंघले लकडाउनको साढे दुई महिनापछि आइतबारदेखि दैनिक मूल्य निर्धारण गर्न थालेको हो। उक्त दिन छापावाल सुन १० हजार चार सय रुपैयाँ बढेको थियो।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ११ : २४ बजे

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौं– भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,