न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या शून्यमा झर्यो | Khabarhub Khabarhub

न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या शून्यमा झर्यो


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- न्युजिल्याण्डमा कोरोना भाइरस (कोभिड–१९) का बिरामीको संख्या शून्यमा झरेको छ । न्युजिल्याण्डमा पछिल्लो ४८ घण्टादेखि कुनै पनि लक्षण नदेखिएपछि अन्तिम बिरामीलाई पनि आइसोलेसनबाट निकालिएको हो ।

न्युजिल्याण्डका स्वास्थ्य महानिर्देशक डाक्टर अस्ले ब्लूमफिल्डले एक विज्ञप्ति जारी गर्दै यो न्युजिल्याण्डको लागि निकै खुसीको खबर रहेको बताएका छन् । न्युजिल्याण्डमा मे २२ यता अहिलेसम्म कुनै पनि नयाँ संक्रमित फेला परेका छैनन् ।

न्युजिल्याण्डमा एक हजार ५०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जसमध्ये २२ जनाको मृत्यु भएको थियो । न्युजिल्याण्डले मुलुकमा कोरोना भाइरसका संक्रमित संख्या ३० पुग्दा मार्च १९ मा कडा लकडाउनको घोषणा गरेको थियो । पाँच सातासम्म न्युजिल्याण्डमा लकडाउन कडाइको साथमा पालना गराइएको थियो । त्यसपछि बिस्तारै खुकुलो बनाइएको थियो ।

अन्ततः अप्रिलको अन्तिममा न्युजिल्याण्डमा कोरोना भाइरसको संक्रमण लगभग शून्यमा झरेको थियो । यससँगै न्युजिल्याण्डले प्रतिबन्ध हटाएको थियो ।

न्युजिल्याण्डमा कोरोना भाइरसको संक्रमण शून्यमा झरेको भए पनि प्रधानमन्त्री ज्यासिन्डा अर्डनले अहिले नै तत्काल सीमानाका भने नखोलिने बताएकी छिन् । यद्यपि बाँकी सबै प्रतिबन्ध पनि खुला गरिएको छ । बीबीसीको सहयोगमा

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ११ : १४ बजे

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की