अहिलेको मुख्य रोग रंगभेद – रहिम स्ट्रलिङ | Khabarhub Khabarhub

अहिलेको मुख्य रोग रंगभेद – रहिम स्ट्रलिङ


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्ल्यान्ड र म्यान्चेस्टर सिटीका फरवार्ड रहिम स्ट्रलिङले अहिलेको परस्थितिमा सबैभन्दा खतरनाक रोग रंगभेद भएको बताएका छन् ।

बेलायतमा काला जातिको समर्थनमा भइरहेको आन्दोलनको पक्षमा बोल्दै उनले भने, ‘अहिलेको ठूलो रोग नै रंगभेद हो, जोसँग हामी लडिरहेका छौं।’

बेलायतमा हजारौं मानिसहरु ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानमा साथ दिँदै सडकमा आन्दोलन गरिरहेका छन् ।

यद्यपि त्यहाँको सरकारले कोरोना भाइरसको संक्रमण देखिनसक्ने भन्दै ठूलो संख्यामा भेला नहुन भनेको छ ।

‘अहिलेको समयमा यो महत्वपूर्ण क्षण हो, यो केही चिज जुन वर्षौदेखि समाजमा हुँदै आएको छ,’ २५ वर्षीय स्ट्रलिङले भने, ‘यो एक महामारी जस्तो छ जसको समाधान आवश्यक छ । अहिलेको समयमा सबै समर्थकहरु यो समस्याको समाधान खोजिरहेका छन् । अहिलेसम्म भएको अन्यायको अन्त्य हुनु पर्ने माग गरिरहेका छन् ।’

गएको मे २५ मा अमेरिकामा एक प्रहरीले अश्वेत नागरिक जर्ज फ्लोइडको घाँटी धिचि हत्या गरेको आरोपपछि अमेरिकाबाहिर पनि आन्दोलन भइरहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ८ : २५ बजे

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले