दाङका चार पालिकाको एउटा आइसोलेशन केन्द्र | Khabarhub Khabarhub

दाङका चार पालिकाको एउटा आइसोलेशन केन्द्र


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको देउखुरी क्षेत्रमा रहेका चार पालिककाले संयुक्त रुपमा एक सय शैय्याको कोरोना विशेष आइसोलेशन केन्द्र सञ्चालनका लागि निर्माण शुरु गरेका छन् ।

राप्ती, गढवा, राजपुर र लमही नगरपालिकाले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा विशेष आइसोलेशन केन्द्र सञ्चालन गर्ने भएका हुन् ।

आइसोलेशनका लागि पालिकाहरुले कर्मचारी परिचालनसँगै आर्थिक कोष पनि संयुक्त रुपमा स्थापना गरेका छन् । प्रत्येक पालिकाले कोषमा १५ लाख रूपैयाँ जम्मा गर्ने भएका छन् ।

केन्द्र सञ्चालनका लागि राप्तीका अध्यक्ष नुमानन्द सुवेदीका अध्यक्षतामा समितिसमेत गठन गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।

‘दाङमा कोरोना संक्रमण बढ्दै जानु र बिरामी राख्ने स्थानको अभाव हुन थालेपछि जिल्लाकै पायक पर्ने र तत्काल ठूला अस्पतालमा बिरामी लैजान सहज होस् भनेर राप्ती प्राविधिक शिक्षालयमा सय बेडको आइसोलेशन कक्ष स्थापना कार्य शुरु गरिएको हो’, प्रवक्ता चौधरीले भने ।

देउखुरी क्षेत्रका प्रदेशसभा सदस्य र चार वटै पालिकाका प्रमुख तथा अध्यक्षको सहभागिता रहेको आइतबारको बैठकले कोरोना विशेष देउखुरी आइसोलेशन केन्द्र मौरीघाटको व्यवस्थापन तथा सञ्चालनमा पालिकाले खेल्ने भूमिकासमेत निर्धारण गरिएको छ ।

देउखुरी आइसोलेशन केन्द्रका लागि आर्थिक, प्राविधिक, मानवीय पक्ष तथा सुरक्षागत कुरामा सबैको सहभागितासमेत निर्धारण गरी यही जेठ २७ गतेसम्म पूर्ण रुपले आइसोलेशन केन्द्र स्थापना गरिसक्ने निर्णय गरिएको प्रवक्ता चौधरीले बताए ।

नेपाली सेनाको सुरक्षा र व्यवस्थापन, दुई फिजिसियन, चारै पालिकाकाबाट आठ चिकित्सक, आठ नर्स, चार ल्याब टेक्निसियन र आठ कार्यालय सहयोगीसहितको प्रारम्भिक व्यवस्थापनमा कोरोना विशेष देउखुरी आइसोलेशन केन्द्र शुरु गरिने छ ।

जिल्लामा संक्रमित बढ्दै गएको र उनीहरुलाई राख्न आइसोलेशन वार्डको कमी भएकाले चार पालिका मिलेर बनाउन थालिएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ७ : ४९ बजे

बिदा लिएर निजीमा काम गर्ने स्वास्थ्यकर्मीलाई मन्त्रालयको चेतावनी

काठमाडौं– स्वास्थ्य मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा

उपनिर्वाचनमा सहयोग पुर्‍याउन निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ,

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्‍यो ?

काठमाडौं– सरकारले केही सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहिबार बसेको

सत्ता समीकरणमा कुनै समस्या छैन् : गृहमन्त्री लामिछाने

काठमाडौं– गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

काबुल– अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको