गर्भवतीको हेलिकप्टरमार्फत उद्धार | Khabarhub Khabarhub

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको गलकोट नगरपालिकामा आइतबार साँझ एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ ।

गलकोट–८ काँडेवास निवासी ३२ वर्षीया पार्वती हिस्ताङको पाठेघरको नलीमा शिशु गर्भमा बसी जटिल समस्या देखिएका कारण तत्कालै उद्धार गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको नगरपालिका विपत् व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिए ।

गण्डकी प्रदेश सामाजिक मन्त्रालयको संयोजनमा गर्भवतीलाई प्रभु एयरको हेलिकप्टरमार्फत पोखरा पठाइएको हो । हिस्ताङको पाठेघरमा समस्या आएका कारण गलकोटस्थित आरोग्य अस्पतालमा उपचार हुन सकेको थिएन ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ७ : २० बजे

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।