नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १०२ पुग्यो | Khabarhub Khabarhub

नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १०२ पुग्यो


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ थपिएका कोरोना संक्रमितमा १६ वर्षीया पुरुष रहेको डा देवकोटाले जानकारी दिए । उनका अनुसार हाल नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । जसमा ७४ जना पुरुष छन् भने २८ जना महिला रहेका छन्

डा विकास देवकोटाका अनुसार कुल संक्रमित मध्ये कोरोना निको हुनेको संख्या ३० जना पुगेको छ । उनका अनुसार कोशी अस्पतालमा उपचारत ८ जना निको भएर शुक्रबार डिस्चार्ज भएपछि नेपालमा कोरोना निको हुनेको संख्या ३० पुगेको हो ।

डा देवेकाटाका अनुसार पीसीआर विधिबाट हालसम्म १५ हजार ४ सय ९२ वटा नमूना परीक्षण गरिएको छ । यस्तै आरडीटी विधिबाट ५४ हजार ५ सय ३१ वटा नमूना परीक्षण भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ४ : ३८ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार