राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र संघीय संसदका सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ ।

शुक्रबारदेखि शुरु हुने संघीय संसदको बजेट अधिवेशनका विषयमा छलफल गर्न शुक्रबार मध्याह्न राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो ।

राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका क्रममा समामुख सापकोटोले बजेट अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रम प्रस्तुतको विषयलाई लिएर भएको तयारीका विषयमा जानकारी गराएका राष्ट्रपतिको कार्यालय शीतलनिवासले जानकारी दिएको छ ।

सभामुख सापकोटाले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र नेपाल सरकारले तोकेको मापदण्डअनुसार संघीय संसदको बैठक सञ्चालन सञ्चालनको तयारी भएको समेत राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

संघीय संसदको छैटौं अधिवेशन (बजेट अधिवेशन) शुक्रबारदेखि शुरु हुँदै छ । शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशनअन्तर्गत २८ गतेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) प्रस्तुत गर्ने छन् ।

वैशाख ३० गतेसम्म प्रि–बजेट छलफल चल्ने छ । त्यसपछि जेठ २ गते राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन् ।

जेठ ४ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल शुरु हुने छ । छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची तय गरिएको छ । यस्तै, जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने छन् । यस्तै, जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिने छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ३ : ४६ बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप