ढुंगा प्रहार गरी भिनाजुको हत्या गरेको अभियोगमा १ जना पक्राउ | Khabarhub Khabarhub

ढुंगा प्रहार गरी भिनाजुको हत्या गरेको अभियोगमा १ जना पक्राउ


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– ढुंगा प्रहार गरी आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा खोटाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केपिलासगढी गाउँपालिका-२ चोखाने सिराने बस्ने २७ वर्षीय मिलन राई छन् ।

मिलनले आफ्नै भिनाजु ४७ वर्षीय प्रितिलाल राईलाई टाउकोमा ढुंगा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

स्थानीयको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङ र ईलाका प्रहरी कार्यालय बाक्सिला तथा प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरीले राईलाई घटनास्थलबाट पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान र सोधपुछका लागि मिलनकै भाइ २० वर्षीय जिवन राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १२ : २८ बजे

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती