बेलायतका प्रधानमन्त्री जोनसनले गरे दोश्रो श्रीमतीसँग 'डिभोर्स' | Khabarhub Khabarhub

बेलायतका प्रधानमन्त्री जोनसनले गरे दोश्रो श्रीमतीसँग ‘डिभोर्स’


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो दोश्रो श्रीमती मरीना ह्वीलरसँग सम्बन्ध बिच्छेद गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ह्विलरले फेब्रुअरीमा सम्बन्ध बिच्छेदको आवेदन दिएकी थिइन् ।

उनले दिएको आवेदनलाई २९ अप्रिलमा विल्फ्रेड लोरी निकोलस जोनसनको जन्मसँगै स्विकृति दिएको थियो । यो सेटलमेन्ट गर्नको लागि दुबै पक्षले ४ मिलियन पाउण्ड खर्च गरेको बताइएको छ ।

जोनसन र ह्विलरकाबीचमा फेब्रुअरीमा लण्डनस्थित सेन्ट्रल फ्यामिली कोर्टमा पैसाको बारेमा सम्झौता भएको थियो ।

बोरिस जोनसन र ह्विलरले सन् १९९३ मा विवाह गरेका थिए । ह्विलरबाट ४ बच्चा जन्मिएका छन् । लारा लेटिस २६, मिलो अर्थर २४, क्यासिया पीचेस २२ र थियोडोर अपोलो २० वर्षका छोरछोरी रहेका छन् ।

उनीहरु दुबैले सन् २०१८ मा फरक बस्ने फैसला गरेका थिए । जोनसनको पाचौँ सन्तान स्टेफनी हुन् । उनी सन् २००९ मा कला सलाहकार हेलेन म्याकिनट्रेबाट जन्मिएका थिए ।

विवाहीत जोनसनको हेलेनको साथ पनि अफेयर थियो । जोनसनकी पहिलो श्रीमती एलेग्रा मोस्टिन आवेन थिइन् ।उनीसँग जोनसनको युनिभर्सिटीमा भेटघाट भएको थियो । त्यो बेला उनीहरु दुबैको उमेर २३ वर्ष थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ७ : ४८ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द