काठमाडौंको रवीभवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु | Khabarhub Khabarhub

काठमाडौंको रवीभवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको रवीभवमा आज विहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कल‌ंकीबाट कालीमाटीतर्फ आइरहेकाे बा २१ च ४३४७ नम्बरको कारमा वपरित दिशाबाट गएको बा ७२ प ८१७२ नम्बरको मोटसरकाइल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोरङ बेलबारीका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा गई कारसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकल चालकलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पताल पुर्‍याए पनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कारको चालक स्युचाटार बस्ने कर्नेल शेखर जबरा प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १० : ३६ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु