यस्तो छ निषेधित क्षेत्रमा बसेका सुटिङ खेलाडी अन्सारीको अनुभव | Khabarhub Khabarhub

यस्तो छ निषेधित क्षेत्रमा बसेका सुटिङ खेलाडी अन्सारीको अनुभव


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको वुहानबाट सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वका २१० देशमा फैलिएको छ ।

शुक्रबार बिहानसम्म यसको संक्रमणबाट २ लाख ७० हजार ७ सय बढीले ज्यान गुमाएका छन् । कोरोनाको संक्रमणबाट नेपाल पनि मुक्त छैन् । नेपालमा अहिलेसम्म १०१ जनामा संक्रमण पुष्टि भएको छ ।

बढ्दो कोरोनाको जोखिम न्यूनिकरण गर्न र कोरोनाको संक्रमण फैलिनबाट बच्न सरकारले गरेको लकडाउनको ४६ दिन पुगेको छ । यो अवधिमा संक्रमित १०१ मध्ये २२ जना उपचारपछि निको भएका छन् ।

कोरोनाबाट नेपाल अन्य क्षेत्रभन्दा तराईका जिल्लाहरु बढी प्रभावित भएका छन् । नेपाल–भारत खुल्ला बोडरले गर्दा चुनौति थपिएको भन्दै अहिले पूर्ण रुपमा सीमा नाका बन्द गरेको पनि एक महिनाभन्दा धेरै समय भइसकेको छ ।

बाँके, पर्सा, कपिलवस्तु, रौतहट, उदयपुर र झापामा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । अहिलेसम्म नेपालगञ्जमा २३ जना, वीरगञ्ज २५ जना र विराटनगरमा २५ जना उपचाररत छन् । संक्रमित बढेपछि नेपालगञ्जमा जारी भएको निषेधाज्ञा आजबाट सकिएको छ । कोरोना संक्रमित क्षेत्रमा जारी गरिएको निषेधित क्षेत्र भने कामय रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

‘रेड जोन’ (कोरोना भाइरसको उच्च जोखिम) मा रहेको नेपालगञ्जका स्थानीय निक्कै त्रसित बनेको बताउँछन् सुटिङका खेलाडी बदरुद्दीन अन्सारी ।

‘नेपालगञ्जमा ३ दिन निषेधाज्ञा लागु भएको थियो । हामी सबै घरमै छौं । दैनिकी कष्टकर बनेको छ । पसलहरु बन्द छन् । दूधलगायतका अत्यावश्यक सामान पाउन पनि मुस्किल छ,’ उनले भने, ‘निषेधाज्ञा हटेपछि केहि फरक होला । तर, त्रास घटेको छैन ।’

नेपालगञ्ज नगरपालिका वडा नम्बर ८ मा कोरोना संक्रमण देखिएको हो । त्यसपछि समुदाय स्तरमा कोरोना परिक्षण सुरु गरिएको थियो । तर, अहिलेसम्म पनि सबै वडामा जाँच गरिसकिएको छैन । स्वास्थ्य सुरक्षालाई लिएर स्थानीय चिन्तित रहेपनि विस्तारै समस्याहरु बढ्दै गएको उनको भनाई छ ।

नेपालगञ्ज नगरपालिका वडा नम्बर २ का बासिन्दा बदरुद्दीन नगरपालिकामा कोरोना संक्रमित भेटिएपनि अहिलेसम्म नगरपालिकाभित्र सबैको स्वास्थ्य परिक्षणको गर्न नसकिएकाले स्थिति भयावह हुनसक्ने चिन्ता गर्छन ।

‘स्थानीयहरुमा अन्य कुराहरु भन्दा पनि चेक जाँच नहुँदा समस्या हुने हो कि भन्ने चिन्ता र डर छ’, उनले खबरहबसँगको कुराकानीमा भने ।

नेपालगञ्ज रंगशाला नजिकै घर भएका उनी लकडाउन अघिसम्म हरेक दिन बिहान रंगशालामा शारीरिक अभ्यास गर्न पुग्थे । तर अहिले कोरोनाले विकराल रुप लिँदै गएपछि घरबाट बाहिन निस्किन नै नपाएको बताउँछन् ।

पाँच पटक नेपालबाट दक्षिण एसिायली खेलकुद (साग) मा सहभागी भएका बदरुदनि विभागीय टोलीबाहिरबाट सुटिङ खेल्ने एक्ला खेलाडी हुन् ।

नेपालमा सुटिङ खेलका खेलाडीहरु विभागिय टोली नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीमा आवद्धहरु नै धेरै हुन्छन् । तर बदरुदीनले सुटिङ सिक्न र खेल्न विभागिय टोलीमा जानु परेन ।

नेपालगञ्जमा डेरी व्यवसाय गरेर बसेका उनले निषेधाज्ञाका कारण गाउँमा दुध उठाउन जान पाएका छैनन् । त्यसो त, उपभोक्ताको माग नआएको पनि होइन् । तर कोरोना भाइरसका कारण गाउँ जान र उपभोक्तासम्म दुध पुर्याउन नसकेको उनी बताउँछन् ।

‘दुध ल्याउन जान पाएको छैन् । बिहानभरी सयभन्दा बढी मानिसहरुको फोन आइसक्यो तर, गाउँबाट ल्याउन नै गाह्रो भएपछि कसरी संकलन गर्ने पनि पुर्‍याउने,’ बदरुदीनले भने, ‘व्यवसाय भन्दा पनि अहिले हामी सबै एक भएर महामारीका रुपमा फैलिएको भाइरसबाट जोगिनुपर्छ । पेशा व्यवसायबारे पछि सोचौला गरौला ।’

उनले संक्रमण फैलिन नदिन अझै सावधानी अपनाउनुपर्ने बताए । ‘दक्षिण सिमा सिल गर्नुपर्छ । नेपालगञ्जमा पनि संकटकालिन क्षेत्रभन्दा बाहिर लकडाउन अलिकति खुकुलो बनाउँदा सहज हुन्छ जस्तो लाग्छ,’ उनले भने, ‘लकडाउन खुकुलो बनाउनु अगाडि यहाँका सबै वडामा चेकजाँच हुनु पर्यो ।’

लकडाउनसँगै आफ्नो खेल अनुभव साटेका उनले सुटिङमा नेपालबाट ओलम्पिकमा सहभागि पार्वती थापाका छिमेकी हुन् । थापासँगै पेस्तोल चलाउन सिकेका उनले गएको मंसिरमा काठमाडौं पोखरा र जनककपुरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गरेका थिए ।

तर नेपालले घरेलु भूमिमा पदक भने जित्न सकेनन् । थापासँग उनको अभ्यास स्थल र घरमै गएर सुटिङ सिकेको बताएका उनी अहिले नेपालमा सुटिङ निकै कमजोर अवस्थामा रहेको बताउँछन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ९ : ३७ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ