मलेसिया कोरोना भाइरसले १०७ जनाको मृत्यु, ६ हजार बढी संक्रमित | Khabarhub Khabarhub

मलेसिया कोरोना भाइरसले १०७ जनाको मृत्यु, ६ हजार बढी संक्रमित


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ ।

मलेसियामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको ज्यान नगए पनि ३९ जना नयाँ संक्रमित थपिएका छन् ।

मलेसियामा एकैदिन थप ३९ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ४६७ पुगेको छ ।

मलेसियामा संक्रमितमध्ये ४ हजार ७७६ जना उपचारपछि निको भएका छन् । १ हजार ५८४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १९ जनाको अवस्था गम्भीर रहेको छ ।

वैदैशिक रोजगारीको सिलसिलामा ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेको हुँदा मलेसियास्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

नेपालीहरुमा कुनै समस्या देखिएमा दूतावासको सम्पर्कमा रहन समेत अनुरोध गरेको छ । पछिल्लो समय मलेसियामा कोरानाको संक्रमण नियन्त्रणउन्मुख देखिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ९ : ०९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका