भारतमा कोरोनाको संक्रमणबाट १ हजार ८८९ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतमा कोरोनाको संक्रमणबाट १ हजार ८८९ जनाको मृत्यु


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ८८९ पुगेको छ ।

गएको २४ घण्टामा कोरोनाका कारण थप १०४ जनाले ज्यान गुमाएसँगै भारतमा मृतकको संख्या१ हजार ८८९ पुगेको छ ।

भारतमा एकैदिन थप ३ हजार ३६४ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५६ हजार ३५१ पुगेको छ ।

भारतमा संक्रमितमध्ये १६ हजार १४२ जना उपचारपछि निको भएका छन् । ३७ हजार ६८६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १४ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ६४१ जनाले ज्यान गुमाएका छन् भने १ लाख ३३ हजार बढी संक्रमित छन् । त्यसैगरी इरानमा ६ हजार ४८६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १ लाख ३ हजार १३५ पुगेको छ । त्यसैगरी चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ, संक्रमितको संख्या ८२ हजार ८८५ पुगेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ६ : १० बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्