कोरोना परीक्षणको दायरा बढाइएको सरकारको दाबी, रोकथाम, उपचार र नियन्त्रणका लागि कार्यविधि लागू | Khabarhub Khabarhub

कोरोना परीक्षणको दायरा बढाइएको सरकारको दाबी, रोकथाम, उपचार र नियन्त्रणका लागि कार्यविधि लागू


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको फैलन नदिने परीक्षणको दायरालाई बढाइएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाटाले बुधबार नियमित पत्रकार सम्मेलनमा बोल्दै कोरोना परीक्षणको दायरालाई बढाइएको बताएका हुन् ।

प्रवक्ता देवकोटाले चैत महिनामा विदेशबाट आएका काठमाडौं उपत्यका र उपत्यका बाहिर विभिन्न जिल्लामा क्वारेन्टाइनमा रहेका व्यक्तिकोहरु कोरोना परीक्षणको दायरा बढाइएको बताए ।

परीक्षणको दायरालाई बढाउन हामीले काठमाडौं उपत्यका बाहिर पनि नमूना संकलनको कामलाई तीब्र बारेका छौं,’ डा देवकोटाले भने । देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा एक सय ९८ वटा नमूना संकलन गरिएको र उक्त नमुना र्‍यपिड टेस्ट किट र पीसीआर दुवै विधिबाट परीक्षण गरिने छ ।

यस्तै अछाम, जुम्ला, र सुर्खेतबाट ८ सय दुई जनाको नमूना संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइसकेको प्रवक्ता डा देवकोटाले बताए । यस्तै दिपायलमा पनि बुधबार बिहानदेखि नै करिव ३ सय नमूना संकलन गर्न टोली परिचालन गरिएको प्रवक्ता देवकोटाको भनाइ छ ।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १९ सय ६५ र काठमाडौं उपत्यका बाहिर ४ सय १ वटा गरी २३ सय ६६ वटा परीक्षण भएको पनि बताए । डा देवकोटाका अनुसार बुधबार मात्र १ सय ८० वटा केसका नमूनाहरु परीक्षणकै क्रममा छन् ।

आइसोलेसनमा सय ३४ जना, ८ हजार भन्दा बढी क्वारेन्टाइनमा

कोरोना भाइरसको लक्षणसँग मिल्ले लक्षण देखिएका १ सय ३४ जना व्यक्ति आइसोलेसनमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले बताए ।

देवकोटाका अनुसार उपत्यकामा १२ जना र उपत्यका बाहिर १ सय २२ जना गरी १ सय ३४ जना आइसोलेसनमा उपचारत छन् । देशभर ८ हजार ५ सय ८० जना क्वारेन्टाइनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको मोवाइल एप्समार्फत आफूमा देखिएको लक्षणबारे जानकारी गराउनेको संख्या पछिल्लो २४ घण्टामा ८ सय २९ जना रहेको छ । यो संख्या हालसम्म १२ हजार ६८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयमा लक्षणबारे जानकारी गराएकामध्ये पछिल्लो २४ घण्टामा ३ जना रेड जोनमा परेका छन् भने हालसम्म १ सय ७५ जना रेडजोनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिम अर्थात रेड जोनमा रहेका व्यक्तिलाई सम्पर्क गरी परीक्षणका लागि नमूना समेत संकलन गर्ने गर्छ ।

सबै जिल्लामा कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले सबै जिल्लाहरुमा कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर स्थापना भएको जानकारी दिएका छन् ।

देशभरका सबै स्थानमा कोभिड १९ को रोकथाम, नियन्त्रण, निदान र उपचार कार्य व्यवस्थित बनाउनका लागि सबै जिल्लामा सेन्टर स्थापना भएको प्रवक्ता डा देवकोटाको भनाइ छ ।

यस्तै केन्द्रमा रहेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरबाट शशस्त्र प्रहरी र नेपाली सेनाको अस्पतालमा कोरोनाका बिरामी राख्न एकसय भन्दा बढी शय्या र ६ वटा आईसीयू तयारी अवस्थामा रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

कोरानो रोकथाम, नियन्त्रण, उपचार, निदान लगायतका कार्यका लागि कार्यविधि लागू

प्रवक्ता देवकोटाले स्वास्थ्य मन्त्रालयले कोरोनाका बिरामीको उपचार, रोकथाम, नियन्त्रण तथा क्वारेन्टाइनलाई व्यवस्थित गर्न कार्यविधि तथा निर्देशिकाहरु जारी गरिएको पनि जाकारी दिए ।

डा देवकोटाका अनुसार संक्रमण रोकथामका लागि आवश्यक पर्ने इन्फेक्सन प्रिभेन्सन कन्ट्रोलको कार्यविधि लागू भएको छ । यस्तै पीपीईको प्रयोगका लागि कार्यविधि, कोरोनाका बिरामी तथा आशंका गरिएका बिरामीको उपचार व्यवस्थापनको कार्यविधि, कोरोना संक्रमणको निदानका र्‍यापिड टेस्ट किट र पीसीआर विधिबाट कसरी परीक्षण गर्ने भनेर कार्यविधि बनाएर काम सुरु गरिएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले बताए ।

संक्रमितको निधन भएका सव व्यवास्थपन कसरी गर्ने भनेर त्यसको पनि कार्यविधि बनाइएको उनले जाकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ५ : ०७ बजे

दक्षिण कोरियाली चिकित्सकद्वारा सरकारको प्रस्ताव अस्वीकार

सियोल – दक्षिण कोरियाको अग्रणी चिकित्सक सङ्गठनले शनिबार सरकारको संशोधित

आजका समाचार : एमालेको महाधिवेशन प्रतिनिधि परिषददेखि अर्थमन्त्री पुन स्वदेश फिर्तासम्म

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु नेकपा एमालेको महाधिवेशन प्रतिनिधि

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

फिक्कल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने