चिनियाँ नागरिकको अपराध गुपचुप राख्दै प्रहरी प्रशासन | Khabarhub Khabarhub

चिनियाँ नागरिकको अपराध गुपचुप राख्दै प्रहरी प्रशासन


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत फागुन ३० गते शुक्रबार ठमेलमको चिनियाँबहुल ज्याठा गल्लीमा एक चालकले ट्याक्सी रोके । चिनियाँले सञ्चालन गरेको होटलअगाडि खाली ट्याक्सी रोकिनासाथ तरबार र घरेलु हतियारसहितका चिनियाँको भिडले एक्कासी ट्याक्सीचालकमाथि आक्रमण गर्न थाल्यो ।

निर्दोष ट्याक्सीचालकलाई हातपात गर्ने भिडको नेता थिए चिनिया ब्यापारी वाङ्ग युन फेङ्ग । फेङ्गले ठमेलमा च्यालिङ्ग पेभिलियन होटेल र चिङ्ग मन पिङ्गुआन होटेल सञ्चालन गरेका छन् । उनी स्थानीय नेपाली व्यापारीहरूलाई धम्क्याउने, कबुल बमोजिम भाडा नतिर्ने, नेपालीमाथि दुर्व्यबहार गर्ने कामको नेतृत्व गर्छन् ।

चिनियाँ ब्यापारी वाङ्ग युन फेङ्ग, जसले ठमेलमा ट्याक्सी चालकमाथी आक्रमणको नेतृत्व गरेका थिए

रगताम्मे हुनेगरी चिनियाँ नागरिककले नेपालीलाई पिटेपछि चिनियाँको व्यबहारबाट वर्षौंदेखि आजित ठमेलका व्यापारी र बटुवाको टोलीले ती चिनियाँमाथि आक्रमण गर्‍यो । नजिकै दरवारमार्गको प्रहरी टोली निकै ढिलो गरी घटनास्थल पुग्यो र चिनियाँहरूमाथि खानतलासी गर्‍यो ।

ट्याक्सीचालक पिटिएपछि स्थानीय व्यक्तिले केही मिडियालाई खबर गरे । धेरैलाई गरेनन् किनकि पीडा सुनाए पनि धेरै नेपाली मिडियामा चिनियाँका बारे कुनै पनि नकरात्मक समाचार आउँदैन भन्ने छाप उनीहरूमा छ । नभन्दै, ठमेलको उक्त घटनाबारे पनि मिडियामा जानकारी नदिन उच्च अधिकारीबाट प्रहरीलाई निर्देशन गयो । पक्राउ परेका सबै चिनियाँ छाडिए । प्रहरीले घटना सामन्य रूपमै सामसुम पारिदियो ।

चिनियाँ व्यापारीद्वारा ठमेलमा कुटिएका ट्याक्सीचालक

प्रहरीका उच्च अधिकारी, व्यापारी तथा केही राजनीतिज्ञसँग राम्रो उठबस रहेका फेङ्ग गैरकानुनीरूपमा स्टिएरिङ देब्रेतर्फ भएको चिनियाँ नम्बर प्लेट ए पाइभ यू ६८५ नम्बरको गाडी चढ्छन् । यो गाडी उनले केरुङ नाकाबाट २०७६ गत वैशाखमा भित्र्याएको जानकारी भए पनि प्रहरीले बेवास्ता गरेको छ ।

नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआइजी) केशव अधिकारी प्रहरीले कसैलाई कुनै घटनामा पक्राउ गर्छ भने त्यो पारदर्शी हुनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘जब घटना लुकाउन खोजिन्छ, त्यसले शंका जन्माउँछ ।’ अनुसन्धान अवधिभर प्रहरीले अनुसन्धानको गोपनियता राख्नुपर्ने भए पनि घटनाको यथार्थ पारदर्शी हुनुपर्ने र लुकाउनुपर्ने कारण नहुने अधिकारी बताउँछन् ।

प्रहरीले पक्राउको घटना लुकाउनु गलत हुने र सामान्य घटनामा मिलापत्र गर्नु अस्वाभाविक नभए पनि जघन्य अपराधका घटनामा मिलापत्र गराउनु कानुन विपरीत हुने उनको भनाइ छ । चिनियाँहरूको शृङ्खलाबद्ध अपराध प्रहरीले ढाकछोप गर्ने गरेको एउटा उदाहरणमात्र हो ठमेल आक्रमणको घटना । उक्त घटना ढाकछोपले नेपाल प्रहरीमा बढ्दो अपारदर्शिताको समेत झल्को दिएको छ । पछिल्लो समय नेपाल प्रहरी नेपालमा बढ्दो चिनियाँ प्रभावसँगै प्रहरी प्रशासनले चिनियाँहरूको बद्मासीमा समेत सद्भाव देखाउन थालेको छ । प्रहरीले सकेसम्म घटना अनौपचारिकरूपमै मिलाउने र स्थानीबासीले प्रतिरोध नै गरे घटनास्थल पुगेर मिलाउने गरेको छ ।

प्रहरी उच्च अधिकारीहरू भने चिनियाँहरू संलग्न घटनामा अपारदर्शिता र मिलापत्र भएको स्वीकार्दैनन् नेपाल प्रहरीका सहप्रवक्ता, एसएसपी उमेशराज जोशी अपराधमा संलग्न जुन देशका नागरिक भए पनि प्रहरीले भेदभाव नगरी कानूनअनुसार कारबाही अघि बढाएको बताउँछन् । सामान्य घटनामा पीडित पक्ष मिलेपछि मिलापत्र गर्नु नौलो नभए पनि ठूला घटना कानुनअनुसार नै तहकिकात गरिएको उनको जिकिर छ ।

चिनियाँ व्यापारीको लगानीमा ठमेलमा सञ्चालित होटेल, तस्वीर– सन्तोष श्री/खबरहब

ही चैत १७ गते ‘लकडाउन’ उल्लंघन गर्दै लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ ठूलोबेँसीमा निर्माणाधीन न्यादी हाइड्रोपावरमा चिनियाँ नागरिकले गाउँको बाटो हुँदै सामान भित्र्याउन थालेपछि स्थानीयबासीले विरोध गरे ।

सरकारले कोरोना भाइरस फैलिन नदिन मुलुकभर गरेको लकडाउन लमजुङमा चिनियाँ नागरिकबाट उल्लंघन भएको भनी स्थानीयबासीले सामान ओसारपसार नगर्न आग्रह गर्दा चिनियाँहरू खुकुरी लिएर आक्रमणमा उत्रिए । चिनियाँ नागरिक आक्रमणमा उत्रेपछि विरोधमा स्थानीयबासी ओइरिए । स्थिति नियन्त्रण गर्न प्रहरी परिचालन भयो । प्रहरीले आक्रमणमा उत्रने चिनियाँ नागरिकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुको साटो मेलमिलापमै टुङ्ग्याइदियो ।

मानवअधिकारवादी तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी फौजदारी अभियोगमा कसैलाई मिलापत्र गराउन नमिल्ने र कसैले त्यसो गरेको भए नेपालको न्यायिक प्रक्रियामै अवरोध भएको मानिने बताउँछन् ।

आक्रमणका यी घटनाबाहेक कोरोना भाइरसको त्राससँगै नेपालमा बढेको माक्स लगायत अत्यावश्यकीय सामग्री कालोबजारीमा समेत चिनियाँहरूको संलग्नता बढे पनि प्रहरीले घटना गुपचुप राख्ने गरेको छ ।यही चैत १५ गते कास्कीमा व्यवसाय गर्दै आएकी चिनियाँ नागरिक क्वान जु ४ रुपैयाँ पर्ने माक्स ३० रुपैयाँमा बेच्दै गर्दा कास्कीको बैदाममा पक्राउ परिन् । प्रहरीले उनको साथबाट १५ सय थानभन्दा बढी माक्स बरामद गरेको थियो । ती ४७ वर्षीया चिनियाँ महिलालाई भोलिपल्ट जिल्ला प्रशासन कार्यालय कास्कीले धरौटीमा छाडिदियो ।

त्यस्तै, चैत ५ गते ठमेलमा व्यवसाय गर्ने एक चिनियाँ नागरिकलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गर्‍यो । कालोबजारीको गिरोह चलाएर बसेका ती चिनियाँ पक्राउ परेको जानकारी गराउनसमेत प्रहरीले उचित ठानेन, कारण थियो नेपालमा चीनको प्रतिष्ठा बिग्रने डर ।महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी सहकुल थापा भने कुनै एउटा देशका नागरिकभन्दा पनि विदेशीहरूको हकमा घटना अनुसन्धान गरेको बताउँछन् । उनी सामान्य झगडामा मिलापत्र भए पनि कसुरअनुसार कारबाही अघि बढाइएको र अपराधमा संलग्न कसैलाई नछाड्ने नीति रहेको बताउँछन् ।

चिनियाँहरूप्रतिको कमजोर निगरानी र उनीहरू संलग्न घटना लुकाउने गरेपछि पछिल्लो समय नेपाल चिनियाँका लागि अपराधको कर्मथलो बन्न थालेको छ । उनीहरूले नेपालीमाथि हतियारले नै आक्रमण गर्ने र त्रस्त पार्ने गरेका छन् ।

चिनियाँ व्यापारीको लगानीमा ठमेलमा सञ्चालित होटेल, तस्वीर– सन्तोष श्री/खबरहब

नेपालस्थित चिनियाँ दूतावासको आग्रहमा भने प्रहरीले घटनाको अस्पष्टताकै बीच पक्राउ गर्न हतारो पनि गर्ने गरेको छ ।

अपराध अनुसन्धान गर्ने प्रहरीको मुख्य निकाय सीआइबीका प्रमुख समेत रहिसकेका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआइजी) हेमन्त मल्ल सामान्य झैझगडामा पीडित पक्ष मिलेको खण्डमा मिलापत्र गर्नु सामान्य नै भए पनि ठूला, जघन्य अपराध वा फैजदारी अभियोगका घटनामा मिलापत्र गर्दा अपराध बढ्ने बताउँछन् । प्रहरी अनुसन्धान पारदर्शी हुनुपर्ने र घटनाको प्रकृतिअनुसार कानुनअनुरूप दण्ड/सजाय हुनुपर्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ४ : २९ बजे

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको