यसरी व्यस्त राखौँ लकडाउनका बालबालिका | Khabarhub Khabarhub

यसरी व्यस्त राखौँ लकडाउनका बालबालिका


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले चैत ११ देखिको लकडाउन लम्ब्याएर आगामी वैशाख ३ गतेसम्म पुर्‍याएको छ ।

लकडाउनमा घरबाहिर निस्किन नपाइने भएपछि स्कूले बालबालिका कोठाभित्रै बस्न बाध्य छन् । लामो समय कोठाभित्र बस्दा उनीहरूको मानसिकतामा कस्तो असर पर्छ ?

बाल मनोचिकित्सक डा. जया रेग्मीका अनुसार यस्तो अवस्थाले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्छ । धेरै जनाले बालबालिकाको दिनचार्य कसरी सहज बनाउन सकिन्छ भनेर आफूलाई सोध्ने गरेको डा. रेग्मी बताइन् ।

‘मलाई आफन्तहरूले पनि सोधनुहुन्छ, बालबालिकाको दिन सहज बनाउन के गर्ने भनेर,’ डा. रेग्मीले भनिन्, ‘बालबालिकाको रुटिङ बनाएर सक्रिय बनाउन सुझाव दिने गरेको छु ।’

लकडाउनको समयमा बालबालिकाको दिनचर्य सहज बनाउन के गर्ने भनेर हामीले बाल मानोचिकित्सक डा. रेग्मी र चाइल्ड हेल्थमा स्नातकोत्तर गरेकी नर्स सुरक्षा सुवेदीसँग कुराकानी गरेका छौँ ।

डा. जया रेग्मी (बाल मनोचिकित्सक)

बालबालिकामा कोरोना संक्रमणको डर हुन नदिन उनीहरूलाई आवश्यक पर्ने सूचना दिनुपर्छ । रोगको विषयमा जानकारी दिनुपर्छ । कोरोनाबाट बच्न साबुनपानीले राम्ररी हात धुन र सरसफाइमा ध्यान दिन सिकाउनुपर्छ ।

स्कुल बन्द हुँदा बालबालिकाहरूको दैनिकी परिवर्तन हुन्छ । दिनभरि के गरेर बस्ने भनेर छपटिन्छन् । उनीहरूका लागि स्कुलसँग मिल्दोजुल्दो रुटिङ बनाइदिनु पर्छ । बालबालिकाहरू घरमा बसेर टिभीमा कोरोनाको समाचार मात्र हर्ने, घरपरिवारले पनि त्यही कुरामात्र गर्ने भयो भने उनीहरूमा तनाव हुनसक्छ ।

बालबालिकालाई चाहिने मात्र सूचना दिनुपर्छ र ती सूचना सकारात्मकरूपमा बुझाउनुपर्छ । रुटिङ बनाएर खाने, पढ्ने, खेल्ने समय व्यवस्थापन गर्न सक्दा बालबालिकालाई सहज हुन्छ ।

डा. जया रेग्मी (बाल मनोचिकित्सक)

मलाई धेरै जनाले बालबालिकाको दिन कसरी कटाउने भनेर सोध्नुहुन्छ । मैले उहाँहरूलाई दैनिक कामको रुटिन बनाइदिनुस् भन्ने गरेको छु । बालबालिकाको खाने, सुत्ने, खेल्ने, परिवारमा रमाइलो गर्ने समय छुट्याउनु पर्छ ।

अहिले समाचारमा आएको कुराको जानकारी बालबालिकाले पनि सजिलै पाइरहेका हुन्छन् । उमेरअनुसार उनीहरूलाई कोरोनाबाट बच्ने सामान्य जानकारी दिनुपर्छ । अलिक ठूला बालबालिकालाई किन सचेत रहने भनेर बुझाउनुपर्छ । बालबालिकालाई संसारभरि समस्या छ भनेर मात्र देखाउनु हुँदैन, जोगिने उपाय पनि सिकाउनु पर्छ ।

कोरोना संक्रमणको मात्र कुरा र त्यसैको मात्र समाचारले बालबालिकाहरू आत्तिने, तर्सिने, दिक्दार हुने हुन्छन् । अहिले यस्तै समस्या बढी देखिएको हुनसक्छ । केही अभिभावकले कोरोनाको मात्र समाचार हेरेर बालबालिका रिसाउन थालेका छन् भनेर सुनाउनुहुन्छ । कामको रुटिङ बनाउन लगाउने, समस्या बुझ्ने र समस्या समाधान गर्नेतिर केन्द्रित हुनुपर्छ ।

सुरक्षा सुवेदी (नर्स)

अहिले कोरोनाको संक्रमणसँगै मौसम परिवर्तनको समय छ । बालबालिकामा रुघाखोकी लाग्ने, ज्वरो आउने समस्या पनि देखिन थालेको छ । रुघाखोकीले पनि बालबालिका कमजोर हुन्छन् । यस्तो समयमा बालबालिकालाई रुघाखोकी लाग्दा पनि कोरोना लागेको हो कि भन्ने गरेको पाइएको छ ।

रुघाखोकी लागेकालाई कोरोनाको शंका गरेर छुट्टै व्यवहार गरेको पाइएको छ । यस्तो व्यवहारले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पर्छ । रुघा लागेको भनेर सम्झाउनुको सट्टा तँलाई कोरोना लाग्यो भन्दै जिस्क्याउने गरेको पनि पाइन्छ । बालबालिकालाई सचेत गराउनुपर्छ तर डर देखाउनु हुँदैन ।

सुरक्षा सुवेदी (नर्स)

बालबालिकाहरू स्कुल जान, खेल्न पाएका छैनन् । घरमा बस्दाबस्दा मोटोपना बढ्ने, डिप्रेसन हुने र रोग लाग्ने सम्भावना हुन्छ । अभिभावकले जे गरे पनि गर भनेर छाडिदिँदा बालबालिकाले एक्लोपन महसुस गर्ने र डिप्रेसनमा जाने जोखिम हुन्छ । गाउँघरमा पनि बालबालिकाको दैनिकी अव्यवस्थित हुनसक्छ ।

अभिभावकले बालबालिकाले दिनभरि गर्ने कामको रुटिङ उनीहरूलाई नै बनाउन लगाउनुपर्छ । अभिभावकले तिमी बिहान उठेदेखि बेलुकासम्म के के गर्छौ भनेर रुटिन बनाउन लगाउनु पर्छ । प्रेरणा दिएर काम लगाउँदा उनीहरू सृजनशील पनि हुन्छन् ।

बिहान व्यायाम गर्ने, नाच्ने, स्पिकिङ गर्ने, चित्र बनाउने, पढ्न र लेख्न लगाउने गर्नुपर्छ । यस्तो फुर्सदको समयमा बालबालिकालाई पढ्न मन नलाग्ने र गाह्रो लाग्ने विषयमा केन्द्रित भएर पढाउन सकिन्छ ।

अहिले इन्टरनेटमा पनि कोर्षहरुको भिडियो हुन्छ । त्यस्ता भिडियो हेर्न दिनुपर्छ । मैले यस्तै काममा प्रोत्साहन गर्ने गरेको छु । रुटिङ बनाएपछि नानीको दैनिकी सहज भएको छ ।

यस्तो समयमा व्यायाम र खानपानमा विशेष ध्यान दिनुपर्छ । नियमित व्यायाम गराउँदा बालबालिकाले खाना राम्रोसँग खान्छन्, मोटाउन पनि पाउँदैनन् । रोगसँग लड्ने क्षमता पनि बढ्छ । बालबालिकालाई नियमितरूपमा दूध, अण्डा फलफूल खुवाउनुपर्छ । रुघाखोकीबाट बचाउन अदुवा, बेसार र तुलसीको पात राखेर कालो चिया खुवाउनुपर्छ ।

यस्तो फुर्सदमा बालबालिकाको कामको रुटिङ भएन भने उनीहरूमा मानसिक असर पर्छ । नकारात्मक समाचार तथा घटनाले उनीहरू डराउँछन्, सपनामा पनि त्यही देख्छन् । यसले पछिसम्म मानसिक समस्या हुने सम्भावना हुन्छ । त्यसैले, उनीहरूलाई व्यस्त बनाउनुपर्छ ।

बालबालिकालाई इन्टरनेटमा आएका नयाँ, राम्रा र पढाइसम्बन्धी हेर्न प्रेरित गर्नुपर्छ । अभिभावकले उनीहरूलाई व्यस्त गराउनुपर्छ । बालबालिकालाई उमेरअनुसार घरको पनि सिकाउन सकिन्छ । यसो गर्दा काम सिक्छन्, दैनिकी पनि सहज हुन्छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १ : ०३ बजे

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा