वैज्ञानिकको दाबीः स्वास लिँदा तथा बोल्दा पनि फैलन सक्छ कोरोना भाइरस | Khabarhub Khabarhub

वैज्ञानिकको दाबीः स्वास लिँदा तथा बोल्दा पनि फैलन सक्छ कोरोना भाइरस


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- कोरोना भाइरसको संक्रमण दिनानुदिन बढिरहेको छ भने यसलाई लिएर दैनिक जसो अध्ययन अनुसन्धान भइरहेका छन् ।

यसको लक्षण वाहेक स्वास लिँदा तथा बोल्दा पनि कोरोना भाइरस फैलन सक्ने दाबी एक वैज्ञानिकले गरेका छन् ।

अमेरिकाको नेशनल इन्स्टीच्युट अफ हेल्थमा सरुवा रोगका प्रमुख रहेका एन्थोनी फासीले अमेरिकाको समाचार च्यानल फक्स न्यूजसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

रुघा खोकीका अलावा यो भाइरस कुराकानी गर्दा मात्र पनि फैलन सक्छ, एन्थोनी फासीले बिरामी मानिस बाहेक स्वस्थ्य मानिसलाई पनि मास्क प्रयोग गर्न अपिल गरे ।

यसअघि नेशनल एकेडेमी अफ साइन्सेस नासले पनि ह्वाइट हाउसलाई एक पत्र लेखेर यो रिसर्चको बारेमा बताएको थियो ।

नासले पूर्ण रुपमा शोधको नतिजा प्राप्त नभएपनि अहिलेसम्मको अध्ययन अनुसार स्वास लिँदा पनि यो भाइरस सर्न सक्छ । अर्थात यो भाइरस हावामा फैलन सक्छ ।

यसअघि अमेरिकी स्वास्थ्य एजेन्सीले कोरोना भाइरस बिरामी मानिसले खोक्दा वा उसबाट निस्किएको छिटावाटा सर्ने जनाएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १० : ४१ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार