दक्षिण कोरियामा निको भएका ५१ जनामा पुनः कोरोनाभाइरसको संक्रमण | Khabarhub Khabarhub

दक्षिण कोरियामा निको भएका ५१ जनामा पुनः कोरोनाभाइरसको संक्रमण


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण कोरियामा कोरोनाभाइरस लागेर निको भइसकेका ५१ जनामा पुनः कोरोनाको परीक्षण पोजिटिभ देखिएको छ ।

देशमा सबभन्दा बढी प्रभावित शहर दाएगुका ती रोगीलाई भाइरस लागेको पाइएपछि क्वारेन्टीनमा राखिएको थियो क्वारेन्टीनबाट निस्केको केही दिनपछि उनीहरूमा फेरि भाइरसको संक्रमण देखिएको हो ।

कोरियाको सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले रोगीहरूमा पुनः संक्रमण भएको नभई भाइरस पुनः सक्रिय भएको जस्तो देखिएको जनाएको छ ।

मानव कोशिकामा यो भाइरस पत्ता नलाग्ने गरी लुकेको विश्वास गरिएको छ । एउटै बिरामीलाई दुईपटक कोरोना पोजिटभ पाइएमा परीक्षणले गलत नतिजा दिएको पनि हुनसक्ने विज्ञहरूले दाबी गरेका छन् ।

हालसम्म दक्षिण कोरियामा १० हजार बढीमा कोरोनाको संक्रमण देखिएको छ भने २ सय जनाको ज्यान गइसकेको छ ।

६ हजार ७७६ जना उपचारपछि निको भएका छन् भने ३ हजार ४ सय जनाकाे विभन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १० : ४४ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र