नेपालीलाई सहयोग गर्दै आएका अमेरिकी अभियन्ताको कोरोना भाइरसले निधन | Khabarhub Khabarhub

नेपालीलाई सहयोग गर्दै आएका अमेरिकी अभियन्ताको कोरोना भाइरसले निधन


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- नेपालीहरुलाई सहयाेग गर्दै आएका एक अमेरिकी राजनीतिज्ञको कोराेना भाइरसका कारण निधन भएको छ ।

नेपालका भूकम्पपीडितलाई सहयोगका लागि राहत संकलन तथा अमेरिकामा नेपालको झण्डा फहराउने अभियानमा सम्बद्ध न्युजर्सीका मायकल युनको कोरोना भाइरसको संक्रमणबाट निधन भएको हो ।

जर्सी सिटीका काउन्सिलम्यान समेत रहेका युनले नेपालको इन्द्रावती गाउँपालिकालाई जर्सीसिटीसँग भगिनी सम्बन्ध कायम गर्ने अभियानमा विशेष भूमिका निभाएका थिए ।

जर्सी सिटी मेयरकी सल्लाहकार डाक्टर बिष्णुमाया परियारको उक्त अभियनामा उनले साथ दिएका थिए । तीन वर्ष अगाडि जर्सी सिटीको मेयर अफिसमा नेपालको झण्डा फहराउनेमा पनि उनले उल्लेख्य भूमिका निभाएका थिए ।

उनले नेपालमा भूकम्प गइसकेपछि झण्डै ३० हजार डलर राहत संकलन गरेर नेपालीहरुका लागि पठाएका थिए ।

अमेरिकामा रहेका नेपालीका लागि टीपीएस प्रस्ताव पारित गराउनमा पनि उनको सहयोगी भूमिका रहेको थियो । उनको निधनले अमेरिकामा रहेका नेपाली समुदायले समेत गहिरो दुःख प्रकट गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १० : १२ बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको