इबोलाविरुद्धको औषधि कोरोना संक्रमितमा थालियो परीक्षण | Khabarhub Khabarhub

इबोलाविरुद्धको औषधि कोरोना संक्रमितमा थालियो परीक्षण


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणकाे रोकथामका लागि विभिन्न प्रयास थालिए पनि संक्रमण रोकिएको छैन ।

हालसम्म कोरोनाविरुद्धको औषधि पत्ता लागेको छैन । विभिन्न देशका बैज्ञानिकहरु यसका लागि अहोरात्र खटिरहेका बेला अमेरिकाले इबोलाविरुद्धको औषधि कोरोना संक्रमितमा परीक्षण थालेको जनाइएको छ ।

‘रेमडेसीभिर’नामको औषधिलाई अमेरिकाको क्यालिफोर्नियास्थित कम्पनी गिलिड साइन्सेजले तयार गरेको थियो ।

कम्पनीले परीक्षणको क्रममा संक्रमित बिरामीहरुलाई १५ लाख डोज निःशुल्क दिने जनाएको छ । कम्पनीको परीक्षणमा ठूलो संख्यामा संक्रमितहरुलाई सहभागी गराइने डेलिमेलले उल्लेख गरेको छ ।

मूल रुपमा यो औषधिलाई इबोला भाइरससँग लड्नको लागि बनाइएको थियो । यद्यपि यो औषधिले कोरोनाभाइरस जुन प्रोटिनबाट फैलिन्छ त्यो प्रोटिनलाई पनि रोक्ने क्षमता राख्छ ।

कम्पनीले १५ लाख डोज निःशुल्क दिने भनेको छ जसले १ लाख ४० हजार ‘ट्रिटमेन्ट कोर्स’ पूरा हुन्छ अर्थात परीक्षण सफल भएको खण्डमा यति डोजले १ लाख ४० हजार बिरामीको पूर्ण उपचार हुन्छ र उनीहरु पूर्ण स्वस्थ हुनेछन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ९ : ४६ बजे

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै