मास्क र पञ्जाबिनै काम गर्दै कपिलवस्तु र रुपन्देहीका प्रहरी | Khabarhub Khabarhub

मास्क र पञ्जाबिनै काम गर्दै कपिलवस्तु र रुपन्देहीका प्रहरी


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – जनताको सुरक्षाका लागि अहोरात्र परिचालित कपिलवस्तु र रुपन्देहीका प्रहरी आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभावमा समस्यामा छन् ।

लकडाउनका समयमा सीमानाको सुरक्षामा खटिनेदेखि चोकचोक र बस्तीमा समेत प्रहरी पठाएर कडाइ गरिए पनि तिनले आवश्यक मात्रामा सुरक्षाका सामग्री पाउन सकेका छैनन् ।

अधिकांश प्रहरीको हातमा पञ्जा छैन भने कतिपयले मास्कसमेत पाएका छैनन् ।

अहिले प्रहरी र स्वास्थ्यकर्मी नै कोरोना भाइरसविरुद्ध सबैभन्दा बढी खटिएका छन् ।

जनतालाई सुरक्षा दिने सुरक्षाकर्मीमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभाव खड्किएको छ ।

कपिलवस्तु प्रहरीले आफ्नै स्रोतबाट स्वास्थ्य सामग्री जुटाई सुरक्षा प्रबन्ध मिलाउँदै आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपररुक्षक दीपशम्शेर जबरा बताउछन् ।

जिल्लामा करीब आठ सय सुरक्षाकर्मीमध्ये आधा सुरक्षाकर्मी क्वारेन्टाइनको सुरक्षामा खटिएका छन् ।

प्रहरी उपरीक्षक जबराले भने, ‘संक्रमणको चिन्ता हामीलाई पनि छ तर असुरक्षित भए पनि निर्देशनअनुसार खट्नुपरेको छ ।’

कपिलवस्तुमा जस्तै समस्या रुपन्देही जिल्लामा पनि देखिएको छ ।

रुपन्देहीमा प्रहरीका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री नहुँदा काममा समस्या भएको छ ।

सामग्रीको पर्खाइमा रहेको बताउँदै केही सामग्री आफ्नै स्रोतसाधन व्यवस्थापन गरिएको रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए ।

समयमै कतैबाट सुरक्षा सामग्री उपलब्ध भए निर्धक्कका साथ सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने दृढता उनले व्यक्त गरे ।

 

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ९ : २३ बजे

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा