चीनको वुहान साढे २ महिनापछि लकडाउनमुक्त | Khabarhub Khabarhub

चीनको वुहान साढे २ महिनापछि लकडाउनमुक्त


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको उद्भव मानिएको चीनको वुहान साढे २ महिनापछि लकडाउनमुक्त भएको छ ।

लकडाउन खुल्ला भएसँगै वुहानको जनजीवन सामान्य बन्दै जान थालेको छ भने वुहानमा ७६ दिनदेखि घरभित्रै रहन बाध्य भएका मानिसहरु गन्तब्यसम्म जाने तयारीमा जुटेका छन् ।

बुधबार मात्रै ५५ हजार भन्दा बढी यात्रुले रेल मार्फत वुहान शहर छोड्ने अनुमान गरिएको छ।

बुधबारदेखि रेलवे तथा विमान सेवा सुचारु भएका छन् । यस्तै राजमार्गका प्रवेशद्वारहरु खुला गरिएका छन् ।

१ करोड १० लाख मानिसको बसोबास रहेको वुहान कोरोना भाइरसको महामारी फैलिएपछि गत जनवरी २३ देखि लकडाउनमा थियो ।

वुहानमा मात्रै कोरोना भाइरुसका कारण २५ सय भन्दा बढीको मृत्यु भएको थियो भने ५० हजार भन्दा बढी संक्रमित भएका थिए ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएसँगै वुहान ७६औँ दिनमा लकडाउनमुक्त भएको हो ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ८ : ०३ बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती