अमेरिका विरुद्ध नेपाललाई आठौं सफलता, सुशनले लिए तेस्रो विकेट | Khabarhub Khabarhub

अमेरिका विरुद्ध नेपाललाई आठौं सफलता, सुशनले लिए तेस्रो विकेट


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दिएको १सय९१ रनको लक्ष्य पछ्याएको अमेरिकामाथि नेपालका बलर हावी भएसँगै पाहुना टोली दबाबमा देखिएको छ ।

किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा ३३ औं ओभरमा अमेरिकाले ८ विकेट गुमाएर १सय१४ रन बनाएको छ । ३३ औं ओभरको अन्तिम बलमा नेपालका सुशन भारीले नेपालका लागि आठौं विकेट लिएका हुन् ।

भारीले क्यामरोन स्टेभेन्सनलाई १९ रनमा आउट पारेका हुन् ।

योसँगै भारीले ३ विकेट लिँदा करण केरी र सन्दीप लामिछानेले समान २–२ विकेट र कुशल मल्लले १ विकेट लिएका छन् । त्रिकोणात्मक शृङ्खलाका दुई खेलमा भारीले ६ विकेट लिएका छन् ।

अमेरिकाविरुद्ध नेपालले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १सय९० रन बनाएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ४ : १६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन